•  २९ चैत्र २०८१, शुक्रबार

गौरबाट काठमाडौं आउँदै गरेको टाटा सुमो जिप बतासेमा दुर्घटना हुँदा १० घाइते

- चैत्र २०, २०८१ मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।

गौरबाट काठमाडौं आउँदै गरेको टाटा सुमो जिप मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकास्थित बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–सिस्नेरी काठमाडौं सडक खण्डमा बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो ।

दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।दुर्घटनामा १ जना घाइतेको अवस्था मध्यम, ५ जना घाइतेको अवस्था सामान्य रहेको डिएसपी अर्यालले बताए ।उपचारका लागि काठमाडौं पठाइएका घाइतेहरूको पहिचान हुन बाँकी रहेको उनले जनाए । जिप चालक प्रहरी चौकी खानीखेतको सम्पर्कमा रहेको उनले जानकारी दिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर