
प्रेमकी देवी : बृहस्पतीको स्वामी भएको हुँदा कुल दोष एवं पितृ दोष लाग्दा बंगलामुखीमा
- चैत्र २१, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
बंगलामुखी मन्दिर ललितपुर जिल्लाको महत्त्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। पाटन दरबार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बगलामुखी मन्दिर, कुम्भेश्वर मन्दिर परिसरमा रहेको छ। बंगलामुखी मन्दिरमा विहीबारको दिन पूजा गर्न आउने भक्तजनहरूको ठूलो भीड लाग्छ।
पाटन दरवार क्षेत्रबाट केही मिनेट उत्तरमा पर्ने बंगलामुखी कुम्भेश्वर (सर्रवेश्वर मृत्युञ्जय महादेव) मन्दिरको दक्षिण तर्फ रहेको छ। तन्त्रशास्त्र अनुसारका दस महाविद्या मध्ये बंगलामुखी पनि एक हो। बृहस्पतीको स्वामी भएको हुनाले, बृहस्पतीको ग्रह पिडा पाउने उद्देश्यले बिहिबार दर्शन गर्ने गरिन्छ।
बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ। बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो। त्यसकारण माता बंगलामुखीलाइ श्री भगवान हरसकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ।जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ।

बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नकोलागी बंगलामुखीको आराधनावाट सिघ्रफल पराप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ। बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रहेकोछ।
तन्त्र साधना गने, शत्रुलाई भमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ। देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ। धेरै ठाउँहरूमा बंगलामुखीको अस्त्र तलबार भन्ने भनिएता पनि बंगलामुखीको वास्तविक हतियार मुग्रो वा सानो गदा नै हो।
जो व्यक्तिले कुलपुजा एवं पितृकार्यहरू सम्पादित गर्न सक्दैन्न उनीहरूले बंगलामुखीको आराधना गर्ने गरिन्छ।किनभने पितृ र कुललाइ सञ्चालन गने बृहस्पती भनिन्छ र बंगलामुखी माता बृहस्पतीको स्वामी भएको हुँदा कुल दोष एवं पितृ दोषहरू लाग्दा बंगलामुखीको शरणमा जाने गदर्छन । भने प्रेमकी देवीको रुपमा बंगलामुखी मातालाई लिने गरिन्छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
-
चैत्र २९, २०८१पुरानो सन्धिअन्तर्गत टेक्सासलाई थप पानी उपलब्ध नगरेसम्म व्यापारमा ‘बढ्दो परिणाम’ हुने : राष्ट्रपति ट्रम्प
-
चैत्र २९, २०८१यस्ता छन् उच्चस्तरीय आर्थिक सुधार आयोगले खारेज गर्न सिफारिस गरेका ऐन
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१ज्यान मार्ने उद्योगमा मुद्दा : नियन्त्रणमा खटिएका प्रहरीले नै मुख्य कमाण्डर प्रसाईं विरुद्ध जाहेरी दिने
-
लोकप्रिय चैत्र २९, २०८१भएन सहमति : विद्यालय शिक्षाको समग्र सुधार गरी यसलाई नयाँ गोरेटोमा हिंडाउने महाअभियानमा शिक्षकहरु
-
लोकप्रिय चैत्र २९, २०८१पुरानो सन्धिअन्तर्गत टेक्सासलाई थप पानी उपलब्ध नगरेसम्म व्यापारमा ‘बढ्दो परिणाम’ हुने : राष्ट्रपति ट्रम्प
-
लोकप्रिय चैत्र २९, २०८१यस्ता छन् उच्चस्तरीय आर्थिक सुधार आयोगले खारेज गर्न सिफारिस गरेका ऐन
Comments