•  २६ चैत्र २०८१, मंगलवार

शिक्षकले पाएनन् ६ महिनादेखि तलब : प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको आर्थिक गतिविधि ठप्प

- चैत्र २१, २०८१ मा प्रकाशित


कासिन न्यूज ,
मान्म ।
कालीकोटको खाँडाचक्र नगरपालिकाका शिक्षक कर्मचारीहरुले छ महिनादेखि तलब पाएका छैनन् । नगरपालिका भित्रका ३९ सामुदायिक विद्यालयका शिक्षक कर्मचारीले तलब नपाएका हुन् ।चुलिमालिका मावि घोडेनाका प्रधानाध्यापक दीपबहादुर शाहीले छ महिनादेखि तलब सुविधा नपाएको बताए । “तलब नपाएका कारणले बाध्य भएर ज्ञापनपत्र बुझाएका छौँ”, उनले भने , “असोजदेखि तलब भत्ताका नाममा एक पैसा पाउन सकेका छैनौँ ।”

तलब नपाउँदा आफ्नो दैनिक जनजीवन नै प्रभावित हुने गरेको शिक्षक पवित्राकुमारी शाहीको जानकारी दिइन । “संसारमा काम गरेको घण्टाको हिसाबले तलब पाउँछन्,” उनले भने , “हामीले भने काम गरेको तलब पाउन पनि छ महिना कुर्नुपर्छ ।” शिक्षकहरूको हकमा भने पहिला–पहिला चार÷चार महिनामा र अचेल तीन÷तीन महिनामा तलब दिने गरिएकामा पनि नगरपालिकाले दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको तलबभत्ता नदिएको शिक्षकहरुको भनाइ छ ।

नगरपालिकामा पहिल्यैदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा र नयाँ लेखापाल तालिममा गएका कारण नगरपालिकाको आर्थिक गतिविधि ठप्प रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए । उनले शिक्षकको हकमा आफू पनि चिन्तित रहेको जनाउँदै शिक्षकको तलबभत्ता छिटो हाल्न कर्मचारीलाई निर्देशन दिइसकेको बताए । शिक्षकहरुको दोस्रो त्रैमासिक र तेस्रो त्रैमासिकको निकासा दिनका लागि आफूले लेखा शाखामा फाइल पु¥याएको तर भुक्तानी नगरेको शिक्षा शाखा प्रमुख बलराज शाहीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर