•  २६ चैत्र २०८१, मंगलवार

राज्यको नजरमा क्यासिनो : पर्यटनको मूल आधार नाइट लाइफ

- चैत्र २१, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।
पोखरालाई पर्यटकिय हबको रुपमा अघि बढाउने हो भने क्यासिनो लगाएत रात्रीकालीन ब्यवसायलाई प्राथमिकतामा दिनु पर्ने पर्यटन व्यवसायीहरु बेलाबखत बताउने गरेका छन् । यसको आशय थियो, अहिले रात्रीकालीन व्यवसायलाई जति अंकुश लगाइएको छ । त्यसलाई खुल्ला गर्नु थियो ।सबैलाई राम्ररी थाहा छ पर्यटनको मुल आधार भनेको नाइट लाइफ हो । नाइट लाइफ बिना पर्यटनको स्तरमा कुनै पनि वृद्धि हुदैन् ।

नाइट लाइफका पनि विभिन्न प्रकृति हुन्छन् । जसमध्ये एउटा प्रकृति हो क्यासिनो (जुवा) व्यवसाय । आधुनिक विश्वको संरचनामा यसले ठूलै महत्व राखेको पाइन्छ । पर्यटनको स्थायीत्वकरणको लागी यसले ठूलै भूमीका खेलेको पाइन्छ । विश्वको रात्री जीवनमा यसले महत्वपूर्ण भूमीका खेलेको पाइन्छ । तर नेपालमा यसको कुनै पनि संरचनामा विकास भएको पाइदैन् । पूर्ण रुपमा सरकारको रेखदेखमा रहेर यो व्यवसाय चलाउन बाध्य छन् व्यवसायीहरु ।

राजश्वको ठूलै हिस्सा ओगट्ने यो व्यवसायले सरकारलाई तिर्ने करमा सरकारकै मनोमानी अनुसार तिर्दै आएता पनि आफनो पहुँचमा भने कुनै बदलाव ल्याउन सकेको छैन् । यसले गर्दा व्यवसायीहरु आफ्रलाई निरीह रुपमा चित्रण गर्न थालेका छन् । हुनत वर्तमान परिवेशमा यसलाई निरी व्यवसाय भन्दा पनि फरक पर्दैन् । यसको लगाम सरकारको हातमा छ । सरकारले आफनो चाहे जस्तो मनोमानी ढंगले यसलाई चलाउने गरेको छ ।

राज्यको नजरमा क्यासिनो
पञ्जावको हरियाणाबाट नेपाल घुम्न आएका प्रबिन तोलीको घुम्नुको मुख्य उद्देश्य भनेको पशुपति मन्दिरको दर्शन र जुवाघरको मनोरञ्जन मात्र हो । जसै उनी राजधानी अवतरण गरे सिधै पशुपतिनाथको दर्शन गरे र उनी लागे जुवाघर तर्फ । साँझको ७ बजे जुवाघरमा प्रवेश गरेका तोलीका आखा अकस्मात सरकारका दुतहरुको अगाडी परे । हुन् त उनी गैर नेपाली नागरिक थिए ।

तर उनको हुलियाले उनलाई सुरक्षाकर्मीको कोपभाजनमा पुर्यायो । नेपाली सुरक्षाकर्मीहरुको अनेक थरीका गैर प्रश्नहरुले गर्दा उनको मनोरञ्जनको मुडलाई केही क्षणको लागी विछिप्त तुल्यायो । अन्त्यमा बाध्य भएर उनले आफनो परिचय झल्काउने पासपोर्ट टेबुलमा बजारे । अनि मात्र उनले निकास पाए ।

क्यासिनोमा खेलाडी

केही दिन पहिले राजधानीको एक जुवाघरमा घटेको घटना थियो यो । हरेक दिन जसो कुनै न कुनै जुवाघरमा सुरक्षाकर्मीहरुको आँखा लाग्न थालेको छ । आर्थिक आय आर्जनको सजिलो माध्यमको रुपमा लिने गरिएको क्यासिनोमा सुरक्षाकर्मीहरुको आगमन केही नभएर आर्थिक पक्ष नै हो । सरल र सजिलो तरिका आर्जन सकिने स्थानको रुपमा सुरक्षाकर्मीहरुले क्यासिनोलाई लिने गरेका छन् ।

यस्ता स्थानहरुमा सुरक्षाकर्मीहरुको गिद्धे नजर पर्नु स्वभाबिक पनि हो । साताको चार दिन नेपाली सुरक्षाकर्मीहरु नियमित जेक जाँचको बहानामा आफनो थैली भर्ने काममा लागेका हुन्छन् ।सधै राज्यको कोपभाजनको सिकार बन्दै गएको क्यासिनो व्यवसायले पर्यटनको क्षेत्रमा जति काम गरे पनि यसको जस पाउने अवस्था भने अहिलेसम्म आएको छैन् । विगतमा नेपाली प्रवेशको बेला स्थानिय टोले गुण्डा देखी नामचलेका डनहरुको आँखामा परेको यो व्यवसाय अहिले सरकारका डन(सुरक्षकर्मी) हरुको बलमिचाईले आजीत छ ।
कालोलाई सेतो र सेतोलाई कालो बनाउन सक्ने खुबी भएका नेपाली सुरक्षाकर्मीहरु बेलाबखत विभिन्न काण्डमा मुछिएका हुन्छन् ।

यसरी रात्रीकालीन २४ घण्टे पर्यटकको सेवामा तल्लिन रहेको व्यवसाय क्यासिनोहरुमा सुरक्षकर्मीहरुको उपस्थिती दिनप्रति दिन बढ्दो छ । विभिन्न बाहानमा अर्थ बटुल्ने कार्यहरुमा सुरक्षाकर्मीहरुको बिभिन्न निकायहरु लागि परेका छन् । पर्यटकहरुको हब मानिएको दरवारमार्ग देखी लाजीम्पाटसम्म रहेका जुवाघरहरुमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो देखी सो क्षेत्रका प्रहरी प्रभागका हाकीमहरु नै क्यासिनोबाट कमाउ धन्दामा लागेका छन् । यसरी दिन प्रति दिन नियमित चेकिङको बहानामा धाउनुको मूल उद्देश्य भनेको अर्थ संकलन नै हो भन्छन् एक क्यासिनो ब्यवसायी ।

पर्यटकको मनोरञ्जन र बेरोजगारहरुको धनी राष्ट्रमा रोजगारी सिर्जना गरेर ३/४ सय जनालाई रोजगारी दिनु सामान्य कुरा होइन् । क्यासिनो सञ्चालकहरुले राज्यमा देखिएको बेरोजगारीहरुलाई केही मात्रै भएपनि मत्थर गरेर रोजगारी सिर्जना पनि गरिरहेका छन् ।

भने दैनिक लाखौ रुपैयाँ खर्चिएर घाटामा चलिरहेको क्यासिनोहरुको बाहिरी कथा जति रोमाञ्चक छ यसको भित्री कथा त्यति नै दर्दनाक छ । यहि दर्दनाक कथा बिच पनि क्यासिनो व्यवसायीहरुले यसलाई सञ्चालनमा ल्याएका छन् । राज्यदेखी राज्यका पहेरदारहरुको गलत सोचाईको सिकार भएको यो व्यवसाय बन्द हुने हो भने पर्यटकीय क्षेत्रमा ठूलै भूकम्प आउने कुरामा कुनै सन्देह छैन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर