•  २७ चैत्र २०८१, बुधबार

सरकारले लादेको १ सय जनाको बाध्यकारी कोटा प्रणालीको समस्यालाई सुल्झ्याउनु नै मुख्य लक्ष्य : गिरी

- चैत्र २२, २०८१ मा प्रकाशित


सुधीर नेपाल

अध्ययनको सिलिसिलामा १४ वर्ष अगाडि काठमाडौं उपत्यकाको खाल्डोमा पाइला टेकेका ३४ वर्षीय युवक अहिले रोजगार व्यवसायको सफल व्यवसायी बनेका छन् । रोजगार व्यवसायमा श्रम प्रतिनिधिको रुपमा पहिलो पाइला राखेका ती युवक हुन् हिमालयन भ्याली नेपाल प्रा.लि प्रमुख देवी प्रसाद गिरी ।नेपाली कांग्रेसको राजनीतिमा चाख राख्ने गिरीले राजनीतिको सुरुवात नेपाल तरुण दलबाट गरेका रहेछन् । गाउँ–गाउँमा दलीय राजनीतिक अभ्यास गर्नु हुँदैन भन्ने सोच उनमा रहेछ ।

यसले योग्य मान्छे पाखा लाग्छन् भन्ने कुरा उनले जहिले पनि उठान गर्ने रहेछन् । विकासपे्रमी योग्य मान्छे पाखा लाग्नेछन् र पार्टीको झन्डा बोकेर भ्रष्टाचार गर्ने गिरोहले समाजलाई गलत बाटोमा लैजानेछ भन्ने उनको विचार छ ।राजनीति गर्दा गर्दै ताप्लेजुङ्गको खोकलिङबाट  हुँदै काठमाडौं झरेका गिरीले युवायुवतीहरुलाई विदेशमा रोजगार दिने पेशा रोजे र १४ वर्ष देखी सोही पेशामा आवद्ध रहेका छन् ।

नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसनको बर्तमान सदस्य रहेका गिरीले चैत्र २९ गते हुने नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा केन्द्रिय सदस्यको रुपमा आफनो उम्मेदवारी दाखिला गरेका छन् ।लोकतान्त्रिक एशोसिएसन र गणतान्त्रिक मञ्चको संयुक्त प्यानलमा सदस्यको रुपमा उम्मेदवारी दिएका गिरी व्यवसायीक कुरामा निकै चासो राख्छन् । रोजगार व्यवसायीलाई सधैँ सम्मानित पेशाको रुपमा अँगाल्ने गिरी यो व्यवसाय भित्र भएका सकरात्मक पक्षलाई भन्दा नकरात्मक पक्षलाई चिर्ने दाउमा लागेका छन् ।

युवा जोश त्यसमा युवा व्यवसायी यसो हेर्दा व्यवसायको हरेक पक्षमा उनको सोच र लगावले काम नर्गला भन्न सकिदैन् । अर्को कुरा व्यवसाय भित्रका देखीएका विभिन्न आन्तरिक झमेलाहरुलाई आफूले बिजयी प्राप्त गरेमा चिर्ने तर्फ आफनो उत्तिकै जोश रहने उनी स्वयं बताउँछन् ।वैदेशिक रोजगार व्यवसायमा देखीएको नितिगत संरचनाहरुको सुधार, व्यवसायमा देखीएको बेथिती देखी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली(फेमीस)मा सुधार गर्ने धारणा उनको थियो ।

सदस्यका उम्मेदवार गिरी

सदस्य पदका उम्मेदवार गिरीको बिजयी प्राप्त गरेपछि पहिलो मुख्य लक्ष्य भनेको अहिले चर्चामा रहेको बिषय नेपाल सरकारले लादेको १ सय जनाको बाध्यकारी कोटा प्रणालीको समस्यालाई सुल्झ्याउने नै हो । जसको महत्वपूर्ण भूमीका खेल्ने समेत उनले बताए ।

कुरालाई केही मोड्दै गिरी भन्छन् , रोजगार व्यवसायको व्यवसायिक क्षेत्र भनेको कामको हिसाबले निकै संम्वेदनशील क्षेत्र हो त्यसमा पनि हामी जस्ता युवाहरु सोच्दा कठिन हुन्छ । आफूले अहिले सम्म गरेको कामहरुमा सन्तुष्टिको भाव पोख्ने गिरी कम्प्लेनका पाटाहरुले सताइ रहे पनि यसलाई समाधान गर्ने क्षमता आफू सँग भएको बताउँछन् ।
नेपाल जस्तो अल्पबिकशील मुलुक त्यसमा पनि वैदेशिक रोजगार व्यवसाय । व्यवसायामा सम्भावनाहरु हुँदा हुँदै पनि यसमा युवाहरुको सहभागिता र सक्रियता ज्यादा भएपनि व्यवसायलाई सहि लयमा लैजान भने जहिले पनि सास्ती नै हुन्छ भन्छन् गिरी ।

मान्छे आफनो उचाई बढाउँदै लगेपछि उसको डिमाण्डले पनि पाखा पर्वत घेर्छ भने जस्तै अहिले बस्नेतलाई कामहरुका डिमाण्डका बादलले घेर्न थालेका छन् । साच्चै जीवनमा पनि भावुकता र रिजर्भ मिजासले छोएको गिरीमा आफनो कामलार्ई भगवान ठान्ने प्रवृति रहेछ ।

सामाजिक अभ्यासका कारण पनि आफनो काममा युवायुवतीहरुको सहभागीता कमिलाई निकै महसुस गरिरहेका गिरी यो क्षेत्रको भविष्य भने उज्जवल रहेको बताउँछन् । भने आफूले सुरु गरेको वैदेशिक रोजगार व्यवसायबाट प्रत्यक्ष ÷ अप्रत्यक्ष रुपमा मानिसहरुले सुविधा प्राप्त गरेकोमा गिरी आन्नद महसुस गर्छन् ।

What’s your Reaction?
+1
4
+1
1
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर