
भण्डारी नेतृत्वको वडा नं ९ : विकासको गतिमा अगाडि बढ्दै
- चैत्र २२, २०८१ मा प्रकाशित


जेनिता राईलाई अहिले हाइसञ्चो भएको छ । खुल्मखुल्ला घुम्न र रमाइलो गर्न साह्रै मनपराउने जेनिताको बसाई काठमाडौं महानगरको वडा नं ९ भित्र नै रहेछ ।बिगतमा गल्लीहरु देखी सडकका हालत देखेर वाक्क मान्ने जेनितालाई अहिले कुनै पिरलो छैन । आफनो वडा भित्रका सडक देखी गल्लीमा कालोपत्रे, वडामा बालबालिकाहरुलाई रमाइलो गर्नको लागि बालबालिका पार्क , व्यवस्थित संरक्षित ढुङ्गेधारा देखेर भने जेनिताले शान्तिको सास फेरेकी छिन् ।
कांग्रेस देखी विभिन्न राजनीतिक दलहरुको क्रिडा गर्ने रमाइलो तिर्थस्थलको रुपमा रहेको महानगरको वडा नं ९ लाई हिन्दूहरुको आरध्यदेव पशुपतिनाथको मन्दिरको साँध (सिमाना) पनि भन्ने गरिन्छ ।हरेक दिन बिहानी हावा लिन बाहिरीने जेनितालाई केही दिन भने प्रदूषित बातावरणले केही असहज बनाएको छ । प्रदूषित बातावरण असहज बनाए पनि जेनितालाई आफनो वडामा विकासको गतिमा आएको प्रगतिले एकदम खुशी तुल्याएको रहेछ ।
यसको श्रेय भने जेनिता वडाका प्रतिनिधीहरुलाई दिन्छिन् । त्यसमा पनि वडाका प्रमुख (वडाध्यक्ष) रामजी भण्डारी नेतृत्वको सक्रियतालाई जेनिता मिठो शैलीमा ब्याख्या गरिन ।
जेनिता भन्छिन् , वडाध्यक्ष भण्डारीले बढाएको सक्रियताले वडा एउटा सुन्दर वडा बन्ने बाटो पहिल्याउँदै छ । यस्ता बिकशिल कार्यहरुलाई वडाबासीहरुले सुक्ष्म गतिले नियाँलिरहेका छन् ।
यो गाथाकार सँग केही महिना अगाडीको छोटो कुराकानीमा आफू वडाको बिकास र निर्माणको लागि आएको हो । त्यो भन्दा बाहेक अरु केही छैन भनेका थिए ।जसरी वडाध्यक्ष भण्डारीले भने त्यो अनुपातमा उनको गति बढेको भान पनि अहिले वडाबासीहरुले गर्न थालेका छन् । जुन कुरा वडाध्यक्ष भण्डारीको लागि सबल पक्ष पनि हो । जेनिता भन्छिन् , यस्ता सुखद र बिकसील कार्यहरुको वडाका नेतृत्व अझ वडाध्यक्ष भण्डारीलाई धन्यवाद दिनै पर्छ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २७, २०८१प्रदूषित वायु कारण मानिसहरुमा रुघा लाग्ने, टाउको दुख्ने जस्ता रोगहरुको लक्षण देखा पर्न थाले
-
चैत्र २७, २०८१कृष्ण भगवानको व्रत बस्नाले चाहेको फल पाउने विश्वास
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
लोकप्रिय
-
लोकप्रिय चैत्र २७, २०८१प्रदूषित वायु कारण मानिसहरुमा रुघा लाग्ने, टाउको दुख्ने जस्ता रोगहरुको लक्षण देखा पर्न थाले
-
लोकप्रिय चैत्र २७, २०८१कृष्ण भगवानको व्रत बस्नाले चाहेको फल पाउने विश्वास
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
Comments