
चर्चित भारतीय अभिनेता मनोज कुमार(हरिकृष्ण गोस्वामी)को ८७ वर्षको उमेरमा निधन
- चैत्र २२, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
देशभक्तिपूर्ण विषयवस्तुमा आधारित हिन्दी भाषाका चलचित्रमा अभिनय गरेका भारतीय अभिनेता मनोज कुमारको ८७ वर्षको उमेरमा शुक्रबार निधन भएको छ ।‘भारत’ कुमारको नामले प्रसिद्ध अभिनेता मृत्युप्रति सामाजिक सञ्जालमा देश विदेशबाट श्रद्धाञ्जलि व्यक्त गरिएको छ । उहाले हिन्दी सिनेमाका लागि अभिनेता, फिल्म निर्देशक, पटकथा तथा गीत लेखनका साथै सम्पादकका रूपमा योगदान गरेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा) का सदस्य समेत रहेका कुमारको मुटुसम्बन्धी समस्याका कारण मुम्बईमा निधन भएको थियो ।
भारतका प्रधानमन्त्री मोदीले कुमारलाई भारतीय सिनेमाको ‘प्रतीक’ को संज्ञा दिँदै भने , “उनको कामले राष्ट्रिय गौरवको भावनालाई प्रज्वलित गरेको छ र पुस्तौँ पुस्तालाई प्रेरणा दिइरहनेछ ।”

आफ्नो व्यवसायिक पेशामा कुमारको अभिनयको लागि भारतीयहरूले उनलाई उच्च आदर दिने गरेका छन् । उनलाई हिन्दी फिल्म निर्देशनमार्फत् एकता र राष्ट्रिय गौरवमा ध्यान केन्द्रित गर्ने सिने कलाकारका रूपमा चिनिन्थ्यो ।हरिकृष्ण गोस्वामीको रूपमा जन्मिएका उनले बलिउड परम्परामा आफ्नो नाम मनोज कुमार राखेका थिए ।
उनले सिनेमाको लागि भारतको सर्वोच्च सम्मान दादासाहेब फाल्के पुरस्कारसहित धेरै राष्ट्रिय पुरस्कारहरू प्राप्त गरेका थिए ।कुमारले सन् १९५० को दशकको अन्त्यतिर भारतीय सिनेमामा डेब्यु गरेका थिए ।उनले ‘उपकार’ (१९६७), ‘पूरब और पछिम’ (१९७०) र ‘क्रान्ति’ (१९८१) लगायत देशभक्तिपूर्ण विषयवस्तुका थुप्रै चलचित्रमा अभिनय गरेका थिए ।
रासस/ एएफपी

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २७, २०८१प्रदूषित वायु कारण मानिसहरुमा रुघा लाग्ने, टाउको दुख्ने जस्ता रोगहरुको लक्षण देखा पर्न थाले
-
चैत्र २७, २०८१कृष्ण भगवानको व्रत बस्नाले चाहेको फल पाउने विश्वास
-
चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
लोकप्रिय
-
लोकप्रिय चैत्र २७, २०८१प्रदूषित वायु कारण मानिसहरुमा रुघा लाग्ने, टाउको दुख्ने जस्ता रोगहरुको लक्षण देखा पर्न थाले
-
लोकप्रिय चैत्र २७, २०८१कृष्ण भगवानको व्रत बस्नाले चाहेको फल पाउने विश्वास
-
लोकप्रिय चैत्र २६, २०८१६ किलो गाँजासहित एक विदेशी महिला पक्राउ
-
लोकप्रिय चैत्र २६, २०८१बुधबार मन्त्रालयमा आन्दोलनरत शिक्षक र सरकार बिच वार्ता हुँदै
Comments