
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस
- चैत्र २४, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिटी जुलुस निकालेका छन् । केही दिनयता काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरुले आइतबार काठमाडौंको माइतीघरमा सिटी जुलुस निकालेका हुन् । उनीहरूले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म सिटी बजाएर सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं उपस्थित भएका शिक्षकहरुले सरकारले चैत्र २५ गतेसम्म पनि आफ्ना मागहरु पूरा नगरे शैक्षिक हड्ताल गर्ने चेतावनी दिएका छन् ।गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु निरन्तर आन्दोलनमा छन् ।
नेपाली शिक्षक, कर्मचारीहरू अन्तिम चरणको आन्दोलनमा रहेको र चैत २५ गतेसम्म पनि सरकारले विगतका सबै सहमति सम्बोधन हुने गरी विद्यालय शिक्षा ऐन जारी नगरे अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।

धर्ना कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले धर्ना कार्यक्रमपछि रिले अनशनमा जाने र चैत २५ गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन गर्ने चेतावनी दिए।उनले निर्णायक चरणको आन्दोलन जनआन्दोलनभन्दा पनि ठूलो हुने चेतावनी दिँदै त्यसलाई बुझेर संसद्को समिति, सरकारलाई चाँडोभन्दा चाँडो विगतमा भएका सबै सहमति कार्यान्वयन गरेर विद्यालय शिक्षा ऐन ल्याउन माग गरे।
अध्यक्ष सुवेदीले भने, अब नेपाली शिक्षक, कर्मचारीहरूलेयो अन्तिम चरणको आन्दोलनको रूपमा अघि बढाइरहेका छौँ। यसपछि रिले अनशनमा जान्छौँ। चैत २५ गतेपछि अन्तिम र निर्णायक चरणको आन्दोलन हुन्छ ।
देशभरका सबै शिक्षक कर्मचारी काठमाडौंमा आएर जनआन्दोलनभन्दा ठूलो आन्दोलन शिक्षक, कर्मचारीले गर्दै छौँ।’उनले कि जितिन्छ, कि बितिन्छ भन्ने मानसिकताबाट आफूहरू अघि बढिरहेको बताए। उनीहरूले शिक्षा अँध्यारो जीवनलाई उज्यालोतर्फ डोर्याउने माध्यम भएकाले सामान्य रूपमा नलिन आग्रह गरे। देश चलाउन शिक्षा अनिवार्य रहेको र शिक्षा देशको मेरुदण्ड भएको जिकिर गरे।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
लोकप्रिय चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
लोकप्रिय चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
लोकप्रिय चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
Comments