
‘१९७४ एडी’ को कन्सर्टमा जे देखीयो : आफूलाई युवावर्गहरुको डिट्ठा ठान्ने प्रधानमन्त्री ओली युवावर्गहरुबाट टाढिंदै
- चैत्र २४, २०८१ मा प्रकाशित


शनिबार साँझ एडियन प्रधानको लोक-रक ब्याण्ड ‘१९७४ एडी’ कन्सर्टमा भेला भएका युवायुवतीहरु बाहिरीने क्रममा गुन्जिएको आवाज प्रधानमन्त्री केपी शर्मा ओलीको कान सम्म पक्कै पुग्यो होला ।देशका प्रधानमन्त्री जस्तो कार्यकारी प्रमुख जस्तोे गहन भूमीकामा रहेका प्रधानमन्त्री ओलीको अहिले देशमा चौतर्फी बिरोध भै रहेको छ ।देशका हरेक स्थान होटल, पसल देखी सार्वजनिक स्थलहरुमा प्रधानमन्त्री क्रियाकलापलाई निकै चियो चर्चो हुने गरेको छ ।
युवाहरु वर्गहरुमा आफू चर्चित रहेको डिक हान्ने प्रधानमन्त्री ओलीको कार्य व्यवहारले गर्दा अहिले देशका बिशेष गरेर युवायुवतीहरुको जमात उनी बिरुद्ध दह्रै रुपले उत्रने अवस्थामा रहेको पनि प्रधानको कन्सर्टको समाप्ती पछि देखीएको युवा हुँकारले पनि देखाउँछ ।तर यस्ता हुँकारलाई पाखा लगाउने कला भएका प्रधानमन्त्री ओलीले जसरी अहिले बिरोध माथि बिरोधका गतिबिधिहरु खेपीरहेका छन् । जसले गर्दा उनको छविलाई बाहिर ल्याइरहेको छ ।
शान्त र शालिन जातका नेपालीहरुलाई अहिले बिहान बेलुकाको छाक टार्न पनि मुस्किलको अवस्था छ । आफनो कर्म गरेर खाने बानी परेका नेपालीहरुलाई अहिले देशमा देखीएका बेथितिहरुले निकै गाँजेको छ ।काण्ड काण्डै देखी भष्ट्राचारको मूल थलोको उपमा पाएको नेपालमा अहिले राजावादीहरुले गरेको प्रर्दशनले निकै चर्चा पाएको छ ।
बेथिती र अब्यवस्थापनको मारमा चलिरहेको नेपाली राजनीतिमा अहिले एक प्रकारकोे तुवाँलो लागिरहेको छ देशमा देखीएका आर्थिक, बेरोजगारीता जस्ता जटिल समस्याहरुको समाधान तर्फ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आँखा जानु मुख्य बिषय थियो । तर त्यो हुन् सकेको छैन ।यसर्थ राजनीति खराब हुँदा हुँदै पनि राज्य संचालनका लागि अपरिहार्य हुन्छ । यसो भन्दैमा राजनीति त्यति खराब विधा पनि हैन, यसका केही नैतिक मूल्य, मान्यता, आदर्श र उद्देश्य अवश्य हुन्छन् ।

राजनीतिमा चाणक्य चतुरता, छलछाम, तिकडम, धुर्तता र बठ्याई अवश्य हुन्छ, तर त्यसको पनि एउटा नैतिक सीमा, मर्यादा र समझदारी हुन्छ ।राजनीतिक धर्मले गति छोडेको मुलुकको रुपमा बिकसीत हुँदै गइरहेको नेपाल अहिले विभिन्न मुद्दाहरुमा अल्झिरहेको छ । देशमा विभिन्न बिकासमा नाममा आउने अनुदानहरुलाई विभिन्न चर्चा परिचर्चा हुने गरेका छन् ।
बिशेषत अहिले बजारमा सविधान निर्माणको क्रममा आएका अनुदानलाई लिएर हल्लीखल्ली मच्चिन थालेको छ । अरबौ रुपैंया अनुदान आउँदा पनि नेपाल र नेपाली शैली जहिले पनि भिखमगुवा छ । अमेरिकी सहयोग नियोग यूसआइडीले नेपाललाई दिएको सहयोग रकम कता गयो भन्ने कुरा अहिले ठूलो चासोको बिषय भएको छ ।
बिशेषत कृषि क्षेत्रमा लगानीको हिसाबले आएको अनुदानलाई लिएर ठूलै हल्ला चलेको छ ।अनुदान रकमलाई आफनो खल्तीमा राख्ने परिपाटीको बिकास भएको नेपालमा यस्ता अनुदानहरुको हिसाबकिताब राख्ने संस्थाहरुले रकमकोे अपचलन गरेको पाइन्छ । यसरी अपचलन गरेको रकमको बारेमा बुझ्ने फुर्सद न सरकारलाई छ न सम्वन्धित निकायलाई ।
उता राजनीतिक तानाबुनाको अगाडी प्रधानमन्त्री ओलीलाई कसैले पनि भेट्न नसक्ने प्रशस्त उदाहरणहरु बाहिर आउने गरेका छन् । उखान टुक्का र बोली आफना स्थानमा छन् ।अब प्रधानमन्त्री ओलीको नेतृत्वको सरकारले देशमा घटेका बिधमान समस्याहरुको स्थायी समाधान तर्फ ध्यान दिनुपनि जरुरी देखीएको छ । माथि भनिएका अनुदानका बारेमा छानविन हुनु जरुरी भै सकेको छ । सधै मगन्ते शैलीमा देशलाई हाँक्ने प्रथालाई निर्मूल गर्ने तर्फ लाग्नु पनि जरुरी भै सकेको छ ।
प्रधानमन्त्री ओलीका राजनीतिक जीवनका यात्रामा यस्ता घटनाहरुलाई सामान्य रुपमा लिने गरिन्छ । हुन् राजनीति गर्नेको एउटा बानी नै हुन्छ । त्यो हो बोलीले मिठो बोल्ने भित्री आत्मामा कुण्ठा जगाउने । प्रधानमन्त्री ओलीमा जाग्यो भने अब चाँही नेपाली जनमानसले राजनीतिक दलका नेतृत्व माथि बिश्वास गर्ने कुनै बाटो रहने छैन् । युवायुवतीहरुमा प्रधानमन्त्री ओली प्रति देखीएको बितृष्णाले कदापि राम्रो संकेत भने होइन । यसलाई झिनो मसिनो रुपमा लिएमा प्रधानमन्त्री ओलीको लागि अभिषापका बाटोहरु खोलीने छन् भन्ने कुरमा दुईमत छैन ।
गैर जिम्मेवार अभिव्यक्ति
नेपाल प्रहरीको नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले मिनि संसदमा दिएको अभिव्यक्तिले पनि अहिले बजारलाई तताएको छ ।सामाजिक सञ्जाल देखी विभिन्न प्रविधिको सञ्चालनमा लागेका युवायुवतीहरुलाई सफेद झुट बोलेर जनतालाई झुक्याउन खोज्नु प्रहरी प्रमुख जस्तो उच्च ओहदामा पुगेका व्यक्तिलाई सुहाउने कुरा भने पक्कै होइन ।

दोष जति सबै प्रर्दशनका कमाण्डर दुर्गा प्रसाईँको टाउकोमा हालेर पन्छिन खोज्ने प्रवृति अहिले नेपाल प्रहरीले देखाएको छ । यसरी नेपाल प्रहरीको प्रमुख जस्तो जिम्मेवाद पदमा बसेर गैर जिम्मेवार कुरा गर्नु प्रहरी प्रमुख थापालाई सुहाउने कुरा पक्कै होइन ।
यिनको गल्ती के थियो ?
राजावादी प्र्रर्दशनका क्रममा दुई जनाको ज्यान गएको थियो भने धेरै जसो घाइते भएका थिए । घाइते भएका मध्ये एक थिए काठमाडौं महानगर वडा नम्वर ९ का पूर्व वडाध्यक्ष । जो वडा नम्वर ९ मा २५ वर्ष वडाध्यक्षको रुपमा रहेका थिए । ति पाका पुरुष हुन् राधेश्याम थापा । जो खाकी राजावादी हुन् ।

उमेर र बुझाईले थापाले राजावादीहरुको प्रर्दशनमा पक्कै ढुंगा हानेन हो । तर उनलाई रगताम्मे हुने गरि प्रहरीले पिटेका थिए ।नेपाल प्रहरीलाई यति पनि चेतना भएन कि उनी बुज्रुक हुन् भन्ने । स्टेजमा बसेका थापाले अनायसमा आफनो टाउको फुटाउनु पर्यो ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१कलिलो उमेर- भिमकाय सोच : सामाजिक कार्यबाट समाज परिवर्तनको उत्तरादायी भूमीकामा
-
लोकप्रिय चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
लोकप्रिय चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
लोकप्रिय चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
Comments