
क्षेप्यास्त्र आक्रमण : सरकारी च्यानलको कार्यालय रहेको भवन ध्वस्त
- चैत्र २४, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणबाट विदेशी भाषामा प्रसारण हुने सरकारी च्यानलको कार्यालय रहेको भवन आंशिक रुपमा ध्वस्त भएको एक टेलिभिजन च्यानलले आइतबार जनाएको छ ।रुसले युक्रेनमा आइतबार गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको थियो भने कैयो सरकारी कार्यालयहरूमा क्षति भएको थियो ।
रुसी भाषामा प्रसारण हुने फ्रिडम टेलिभिजन च्यानलले आफ्नो रिपोर्टमा भनेको छ, “अप्रिल ६ मा किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणले युक्रेनको स्टेट फरेन ब्रोडकास्टिङ इन्टरप्राइजेजको सम्पादकीय कार्यालय रहेको भवनमा ठूलो क्षति पु¥याएको छ ।
“आक्रमणबाट विदेशी प्रसारण च्यानलहरू अवस्थित व्यापारिक केन्द्रको माथिल्लो तीन तल्लाहरू पूर्ण रूपमा नष्ट भएका छन् भने तल्लो तल्लामा पनि ठूलो क्षति पुगेको छ र अहिले प्रयोग गर्न नसकिने अवस्थामा पुगेको छ,’ फ्रिडमले उल्लेख गरेको छ।किएभका अधिकारीहरूले यसअघि रातभर भएको क्षेप्यास्त्र आक्रमणबाट व्यापारिक केन्द्रको केही तल्लामा क्षति पुगेको बताएका थिए।
आपतकालीन सेवाहरूले आक्रमणपछि एउटा ठूलो भवनको छाना भत्केको र झ्यालहरू फुटेको तस्बिरहरू पोस्ट गरेका छन् ।उक्त भवनमा फ्रिडम, डोम, युएटीभी इङ्लिस, द गेज, युएटीभी एस्पानोल, युएटीभी अरबी र युएटिभी पोर्टुगुएस सरकारी विदेशी भाषाका टेलिभिजन च्यानल र अनलाइन सञ्चारमाध्यम रहेका छन् ।आक्रमणमा कुनै पनि कर्मचारी घाइते नभएको सरकारी प्रसारण संस्थाकी प्रमुख युलिया बिनले बताइनन ।
बिनका अनुसार गत फेब्रुअरीमा यसअघिको आक्रमणले आफ्ना कार्यालयलाई निशाना बनाएपछि च्यानलहरू हालै मात्र भवनमा सरेका थिए।“दुई महिनाभन्दा कम समयमा भएको यो दोस्रो आक्रमण हो। यस पटक नष्ट भएको कार्यालयमा हामी फेब्रुअरीको आक्रमणपछि भर्खरै सरेका थियौँ,” बिनले भनिन ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
लोकप्रिय चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
लोकप्रिय चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
Comments