•  ३० चैत्र २०८१, शनिबार

एउटा दुर्गा प्रसाईं भन्ने छ नि, त्यो चाहिँ हावा मान्छे हो : अध्यक्ष दाहाल

- चैत्र २४, २०८१ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारकै कारण प्रतिगामीहरूले टाउको उठाउन खोजेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘तीनकुनेमा राजावादी भन्नेहरूले नेवार कन्याहरूलाई अगाडि राखेर बडो नेवार समुदाय हामीसँग छ भन्ने देखाउन खोजे । तर एउटा दुर्गा प्रसाईं भन्ने छ नि, त्यो चाहिँ हावा–हावा छ मान्छे । त्यो हामीले बुझेकै कुरा हो । नेवा समुदायले साथ दिएन भन्दै हिँडेका छन् । यो कुरा पनि नेवार समुदायले बुझाइदिनुपर्छ । किन कि त्यसो भनेको पनि ठिकै हो ।

नेवारले साथ दिँदैनन्–गणतन्त्र विरोधीलाई, निरंकुशताको पक्षपातीलाई ।’काठमाडौंमा भएको एक कार्यक्रममा अध्यक्ष दाहालले मेडिकल व्यवसायी प्रसाईंलाई ‘हावा मान्छे’ भनेर टिप्पणी गरेका हुन् ।नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।अध्यक्ष दाहालले नेवार समुदायको इतिहास र संस्कृतिलाई बर्बाद पार्नेहरूलाई नेवार समुदायले साथ नदिने बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
1
Comments

सम्बन्धित खवर