
सहमति अनुसार शिक्षा ऐन जारी गरेर आन्दोलित शिक्षकलाई काममा फर्कने वातावरण बनाउ : नेता कोइराला
- चैत्र २४, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सडक आन्दोलनमा रहेका शिक्षकहरूलाई नियमित काममा फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।विगतमा नेपाल शिक्षक महासंघसँग भएको सहमतिअनुसार शिक्षा ऐन जारी गरेर आन्दोलित शिक्षकलाई काममा फर्कने वातावरण बनाउन आग्रह गरेका हुन्।
सामाजिक संजालमार्फत नेता कोइरालाले भनेका छन्, ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बीच भएका सहमतिबमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’
यतिबेला आम शैक्षिक हड्तालको घोषणा गरेर शिक्षकहरू काठमाडौं केन्द्रित भएर निर्णायक आन्दोलनमा छन्। सरकारले पहिले पनि सम्झौता गरेर झुक्याएको शिक्षक महासंघको आरोप छ। यसपटकको आन्दोलनमा विद्यालय शिक्षा ऐन लागू गर्ने वातावरण बनेपछि मात्रै आन्दोलन स्थगित हुने महासंघले जनाएको छ।


सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१नयाँ दिल्लीमा ‘नेपाल महोत्सव दिल्ली २०२५’ सुरु
-
लोकप्रिय चैत्र ३०, २०८१वीरगञ्जको अर्थतन्त्र र बजारलाई चलायमान गराउन रात्रि बजार
-
लोकप्रिय चैत्र ३०, २०८१विदेशी मुद्राहरुको बजार(दररेट सहित)
-
लोकप्रिय चैत्र ३०, २०८१अन्तिम खेलमा शनिबार नेपालले आयोजक हङकङको सामना गर्दै
Comments