

कासिन न्यूज,
काठमाडौं ।
९७ वर्षीय वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए।
उनको जन्म विसं १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो। वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थियो।
वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन्।उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए। वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए।
वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए। लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए।
रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
लोकप्रिय
-
लोकप्रिय चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
लोकप्रिय चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
लोकप्रिय चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
लोकप्रिय चैत्र २९, २०८१एउटा जोकरको कथा : अरुलाई होच्याउने देखी धक्कु लगाउने कार्यमा व्यस्त प्रधानमन्त्री ओली
Comments