साम,दाम,दण्ड र भेदमा को अगाडि ? : व्यवसायीहरुको भाले भिड्न्तमा कसले मार्ला बाजी ?
- चैत्र २५, २०८१ मा प्रकाशित
सुधीर नेपाल,
काठमाडौं ।
नेपाली कांग्रेसको राजनीतिक ताप जस जसै बढ्दै छ । यसले आफना शुभेच्छुक संस्थाहरुलाई राजनीतिको चरम बिन्दूमा पुर्याउन कुनै कसर बाँकी राख्दैन । बिगत देखी नै पोल्टे शैलीको बिकास भएको नेपाली राजनीति त्यसमा पनि सबै भन्दा बढि पोल्टे शैली कांग्रेसमा देखीन्छ ।देशको भिमकाय दलको रुपमा सुस्वभित भएको कांग्रेसले आफनो पूर्वाधार निर्माण गर्ने क्रममा धेरै शुभेच्छुक संस्थाहरु निर्माण गरेको छ । सबैका आ आफनै निति र नियम रहेका छन् ।
त्यही शुभेच्छुक संस्था मध्ये एक पर्न आउँछ नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार एशोसिएसन । बेरोेजगार युवाहरुलाई विदेशमा रोजगारीको शुभम अवसर प्रदान गर्ने संस्थाहरु अहिले निर्वाचनको संघारमा छन् । जसै जसै निर्वाचन नजिंकदै छ । निर्वाचनिय जोश पनि बढ्दै छ व्यवसायीहरुमा ।
अहिले निर्वाचनमा होमिन लागेको तिन दलका दुई प्यानल बनेका छन् । कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र गरि दुई प्यानलमा बाँडिएर निर्वाचनमा होमिन लागेका व्यवसायीहरुलाई निर्वाचनको चटारोले निकै छोएको छ ।बिशेषल दुई प्यानलमा अध्यक्ष पदको लागि लोकतान्त्रिक एशोसिएसन र माओवादी केन्द्र निकट गणतान्त्रिक मञ्चको एक प्यानल रहेको छ । भने अर्को तर्फ एमाले निकट प्रगतिशील वैदेशिक रोजगार मञ्च नेपाल र लोकतान्त्रिक एशोसिएसन रहेका छन् ।
एकातर्फको नेतृत्व भुवनसिंह गुरुङले गरेका छन् भने अर्को तर्फको नेतृत्व नरेश गेलालले गरेका छन् । सम्रगमा हेर्दा दुबै पक्ष अध्यक्ष पदका प्रवल दावेदार हुन् । दुबैका नाराहरु व्यसायीक केन्द्रित रहने गरेका छन् । तर व्यवसायीहरुको भित्री चाहना र उनीहरुको हक हितको आधार भने अहिले सम्म कसैले निकाल्न सकेका छैन् ।
व्यवसायीक हक हितको लागि भन्दा कांग्रेस, एमाले र माओवादी केन्द्रको केन्द्रिय राजनीतिमा आफनो बाहुल्यता देखाउनेमा नै तिनै पक्ष लागेका छन् । पहिलो नम्वरमा रहेको दावी गरिए पनि लोकतान्त्रिक एशोसिएसनको लागि अध्यक्ष पद त्यति सहज देखीदैन भने महासचिवमा दुबै एउटै दलका उम्मेदवार भएका कारण जसले पद हासिल गर्दा फरक नपर्ने स्थिती अहिले छ ।
अहिले व्यवसायीहरुको निर्वाचनको रोचक पक्ष भनेका नै गुरुङ र गेलाल हुन् । अनि अर्को कुरा राजनीतिमा अंक गणितको हिसाब गरिए जस्तै निर्वाचनमा पनि अंक गणितले ठूलो महत्व राख्छ । अंक गणितिय हिसाबलाई सिधा आधार मान्ने हो अध्यक्ष पदमा लोकतान्त्रिका उम्मेदवार गुरुङका स्थिती त्यति सहज देखीदैन । निर्वाचन हो त्यसमा भोटर चोर्ने देखी अनेक तिकडम बाजी हुन्छ नै ।
उता प्रगतिशील पक्षबाट अध्यक्ष पदका प्रत्याशी गेलाल अंक गणितीय हिसाबले अगाडि देखिए पनि व्यवसायीक सम्वन्ध र भोटर चोर्ने मामिलामा अब कसले खेलो गर्छ । त्यो आउने २९ गतेको निर्वाचन पछि स्पष्ट हुन्छ नै । अर्को कुरा निर्वाचन भनेको साम,दाम, दण्ड र भेदको ठूलो रुप हो । यहि रुपलाई अंगिकार गर्नेले निर्वाचनको नतिजा आफनो पक्ष पार्ने छ भन्ने कुरामा दुईमत छैन ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए












Comments