
राईको दोहोरिने सम्भावना : अध्यक्षमा चौधरी, लामा र रानाको दावी
- चैत्र २५, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को आगामी अध्यक्षका रुपमा लक्की चौधरीले अगाडि आएका छन् । हाल वरिष्ठ उपाध्यक्ष रहेका चौधरी अध्यक्षमा दाबी प्रस्तुत गरेका हुन्।आदिवासी जनजाति पत्रकारहरूको साझा संस्था फोनिजको नेतृत्व गर्ने पालो पनि अब चौधरीको आएको उनले बताए। उनले सार्वजनिक रूपमै आफू अध्यक्षको उम्मेदवार भएको घोषणा गरेका छन्।
यसअघि गुरुङ, राई र तामाङले संगठनको नेतृत्व गरिसकेकोले अब रोलक्रमको आधारमा पनि र आफूले नेतृत्व गर्दा जातिगत समावेशिताको आधारमा चौधरीले पालो पाउने अवस्थाले गर्दा अगाडि बढेको उनले बताए।
अध्यक्षमा हालका उपाध्यक्ष अमरध्वज लामा र अर्का उपाध्यक्ष सरु रानाको पनि दाबी रहेको बताइन्छ। वर्तमान अध्यक्ष गजुरधन राई दोहोरिने पनि चर्चा छ।फोनिजको आठौँ संघीय महाधिवेशन चैत २९ र ३० गते लुम्बिनीमा हुँदै छ। महाधिवेशनको तयारी तीव्र पारिएको छ। महाधिवेशनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्ने कार्यक्रम छ।
फोनिजको ६६ जिल्लामा समिति र प्रदेश समितिहरू रहेका छन्। आठ जातीय पत्रकार संगठन आवद्ध छन्। मगर, थारू, गुरूङ, शेर्पा, तामाङ, नेवाः, राई र लिम्बु पत्रकार संघ फोनिजमा आबद्ध छन् भने आठ विदेश शाखासमेत रहेको छ। फोनिजमा साढे चार हजार आदिवासी जनजाति पत्रकार आबद्ध छन्।
लुम्बिनीमा हुने आठौं महाधिवेशनले ५३ सदस्यीय संघीय समिति गठन गर्नेछ। फोनिजमा अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, पाँच सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने विधानमा व्यवस्था छ। २०५६ साउन २७ गते तत्कालीन रूपमा नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) को रूपमा स्थापना भएको संस्था २०७० सालमा फोनिजमा रूपान्तरण भएको थियो।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
-
चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
लोकप्रिय
-
लोकप्रिय चैत्र ३०, २०८१शान्त रहन हरेक शनिबार तेल दान
-
लोकप्रिय चैत्र २९, २०८१वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित बनाउन सरकार लागिपरेको : मन्त्री भण्डारी
-
लोकप्रिय चैत्र २९, २०८१पूर्वराजा शाहलाई समितिमा बोलाएर तीनकुनेमा भएको हिंसात्मक घटना बारे सोधपुछ गर्नुपर्छ : सांसद परियार
-
लोकप्रिय चैत्र २९, २०८११२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Comments