
पूर्व राष्ट्रपति युन सुक योललाई अल्पकालीन सैनिक शासन लागू गरेको अभियोगमा फौजदारी मुद्दा
- चैत्र ३१, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू गरेको अभियोगमा उनीविरूद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ ।
उनले डिसेम्बर ३ मा राजनीतिक गतिविधि र मिडियाको सेन्सरसिप स्थगन गर्न आदेश दिएपछि देशमा सैन्य शासन लागू गर्ने प्रयास गरेका थिए । विपक्षी सांसदहरूले मतदान गरेपछि उक्त आदेश छ घण्टामात्र चलेको थियो।
यस विनाशकारी प्रयासका लागि दक्षिण कोरियाली संसद् (नेशनल एसेम्ब्ली)ले युनलाई महाभियोग लगाएको थियो भने महाभियोगको प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा परेका थिए । संवैधानिक अदालतले अप्रिल ४ मा उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट पूर्ण रूपमा हटाउने आदेश सुनाएको थियो ।यद्यपि उनले राष्ट्रपतिको सबै विशेषाधिकार गुमाइसकेका थिए । अझै पनि विद्रोहको अभियोगमा उनीविरूद्ध सोमबार आपराधिक मुद्दा दायर गर्ने तयारी गरिएको छ ।
फेब्रुअरीमा भएको प्रारम्भिक सुनुवाइका क्रममा युनका वकिलले उनको हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्क गरेका थिए, जुन तर्कलाई अदालतले स्वीकार गरेको थियो । हिरासत प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको तर्कका आधा।मा उहाँ पक्राउ परेको ५२ दिनपछि रिहा भएका थिए ।हप्तौँसम्म प्रहरी र अभियोजनकर्ताविरुद्ध आवाज उठाएपछि जनवरीमा उनलाई पक्राउ गरिएको थियो । उनी राष्ट्रपति रहेकै समय पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका थिए ।
दोषी ठहरिएमा युनलाई आजीवन कारावास वा मृत्युदण्डसमेत हुन सक्छ । शुक्रबार ६४ वर्षीय पूर्व नेताले राष्ट्रपति निवास खाली गरी सियोलस्थित आफ्नो निजी निवासमा पुगी आफ्ना समर्थकलाई अभिनन्दन गरेका थिए ।“अब, म गणतन्त्र कोरियाको एक साधारण नागरिकमा फर्कन्छु, र म हाम्रो देश र हाम्रा जनताको सेवामा नयाँ बाटो खोज्नेछु,” उनले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेका छन् ।
युनलाई हटाएसँगै दक्षिण कोरियामा आगामी जुन ३ मा उनको उत्तराधिकारी चयनका लागि मध्यावधि निर्वाचन हुने भएको छ । त्यतिबेलासम्म यो देश कार्यवाहक राष्ट्रपति हान डक–सोद्वारा शासित रहनेछ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ८, २०८२खेलमा ‘ईसा’ नामकी युवतीको भूमिकामा ठूलो पर्दामा पहिलो पटक देखा पर्दै
-
बैशाख ८, २०८२वार्ता एक, दुई दिन भित्रै निष्कर्षमा – नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी वार्ता सफल पार्ने कोसिस : नेता महर
-
बैशाख ८, २०८२हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री देउवा
-
बैशाख ८, २०८२विद्यार्थीको अभिभावक भन्दै शिक्षकहरूको आन्दोलनमा घुसपैठ गर्ने पक्राउ
लोकप्रिय
-
लोकप्रिय बैशाख ८, २०८२खेलमा ‘ईसा’ नामकी युवतीको भूमिकामा ठूलो पर्दामा पहिलो पटक देखा पर्दै
-
लोकप्रिय बैशाख ८, २०८२वार्ता एक, दुई दिन भित्रै निष्कर्षमा – नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी वार्ता सफल पार्ने कोसिस : नेता महर
-
लोकप्रिय बैशाख ८, २०८२हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री देउवा
-
लोकप्रिय बैशाख ८, २०८२विद्यार्थीको अभिभावक भन्दै शिक्षकहरूको आन्दोलनमा घुसपैठ गर्ने पक्राउ
Comments