
चारदेशीय टी–२० : फाइनलमा नेपाललाई रनले पराजित गर्दै कुवेतले उपाधि हात पार्यो
- चैत्र ३१, २०८१ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
हङकङमा सम्पन्न चारदेशीय टी–२० आई शृङ्खलाको उपाधि कुवेतले हात पारेको छ । आइतबार भएको फाइनलमा नेपाललाई तीन रनले हराउँदै कुवेतले उपाधि हात पारेको होे ।कुवेतले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै १७१ रनमा सीमित बन्यो । नेपालका लागि बसिर अहमदले ४३ बलमा आठ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए । यस्तै, नन्दन यादवले ३७ र आसिफ शेखले २१ रन भने अन्य कुनै पनि खेलाडीले दोेहोरो अङ्कको रन जोड्न सकेनन् ।
कुवेतका लागि अनुदीप चेन्थमाराले सर्वाधिक तीन विकेट लिए । यस्तै, यासिन पटेल र नवीनराज राजेन्द्रनले समान दुर्ई÷दुई विकेट हात पार्दा मोहम्मद शफीक र मोहम्मद असलमले पनि समान एक/एक विकेट लिए । हङकङको टिन क्वाङ रोड रिक्रिएशन मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । कुवेतका लागि रविजा सन्दारुवानले अर्धशतकीय पारि खेले ।
उनले ३६ बलमा छ चौका र चार छक्काको मद्धतले सर्वाधिक ६३ रन बनाए । यस्तै, क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मीट भावसारले १६ र मोहम्मद असलमले १३ रन बनाए । अन्य कुनै खेलाडीले दोेहोरो अंकको रन जोेड्न सकेनन् ।नेपालका लागि सोमपाल कामी र नन्दन यादवले समान दुई÷दुई विकेट लिँदा करण के.सी र कुशल भुर्तेलले एक÷एक विकेट हात पारेका थिए ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ८, २०८२खेलमा ‘ईसा’ नामकी युवतीको भूमिकामा ठूलो पर्दामा पहिलो पटक देखा पर्दै
-
बैशाख ८, २०८२वार्ता एक, दुई दिन भित्रै निष्कर्षमा – नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी वार्ता सफल पार्ने कोसिस : नेता महर
-
बैशाख ८, २०८२हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री देउवा
-
बैशाख ८, २०८२विद्यार्थीको अभिभावक भन्दै शिक्षकहरूको आन्दोलनमा घुसपैठ गर्ने पक्राउ
लोकप्रिय
-
लोकप्रिय बैशाख ८, २०८२खेलमा ‘ईसा’ नामकी युवतीको भूमिकामा ठूलो पर्दामा पहिलो पटक देखा पर्दै
-
लोकप्रिय बैशाख ८, २०८२वार्ता एक, दुई दिन भित्रै निष्कर्षमा – नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी वार्ता सफल पार्ने कोसिस : नेता महर
-
लोकप्रिय बैशाख ८, २०८२हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री देउवा
-
लोकप्रिय बैशाख ८, २०८२विद्यार्थीको अभिभावक भन्दै शिक्षकहरूको आन्दोलनमा घुसपैठ गर्ने पक्राउ
Comments