
प्रि मनसुन प्रणाली सक्रिय : काठमाडौं उपत्यका लगायत मलुकका विभिन्न स्थानमा वर्षा
- बैशाख २, २०८२ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
उपत्यकालगायतका मलुकका विभिन्न स्थानमा वर्षा भएको छ । कोशी र बागमती प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाका मौसमविद् गोविन्द झाले बताए ।मौसमविद झाका अनुसार पश्चिमी वायुको प्रभाव र हाल स्थानीय वायु सक्रिय भएका कारण मेघ गर्जनसहित वर्षा सुरु भएको हो । ‘अहिले सुरु भएको दुई घण्टासम्म रहने अनुमान छ, ठूलो वर्षा हुने सम्भावना छैन’, उनले कासिन न्यूजसँग भने, ‘बिहीबारसम्म मौसम बदली रही हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।’
उनले बुधबार बिहानसम्म कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताए । ‘यो प्रि मनसुन प्रणाली सक्रिय भएको संकेत हो। अब विस्तारै मनसुन प्रणाली सक्रियन हुँदै जानेछ।’ उनले भने ।देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको उनको भनाइ छ ।
साथै मेघगर्जन तथा चट्याङ, वर्षालगायत हिमपातका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन समेत उनले आग्रह गरे ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ८, २०८२लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने
-
बैशाख ८, २०८२सडक अवरुद्ध : शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरुलाई उर्दी
-
बैशाख ८, २०८२कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
-
बैशाख ८, २०८२भारत भ्रमणमा अमेरिकी उपराष्ट्रपति : दिल्लीको सुरक्षा व्यवस्था कडा
लोकप्रिय
-
लोकप्रिय बैशाख ८, २०८२लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्ने
-
लोकप्रिय बैशाख ८, २०८२सडक अवरुद्ध : शोक मनाउने भन्दै कुनै नाचगान र मनोरञ्जनका कार्यक्रम नगर्न शिक्षकहरुलाई उर्दी
-
लोकप्रिय बैशाख ८, २०८२कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु
-
लोकप्रिय बैशाख ८, २०८२भारत भ्रमणमा अमेरिकी उपराष्ट्रपति : दिल्लीको सुरक्षा व्यवस्था कडा
Comments