
राजनीतिक प्रतिशोध साँध्न हिरासतमा राखीयो > सांसद चौधरी
- फाल्गुन ७, २०७९ मा प्रकाशित

कासिन न्यूज,
धनगढी ।
राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आइतबार बिहान रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै चौधरीले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन् ।
१८ दिनको कारागार बसाइँले धेरै कुरा सिकाएको बताउँदै उनले भने, ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ ।’
उनले अगाडि भने, ‘यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन ।’
तर जिल्ला अदालतको फैसलाबारे आफूले जानकारी नपाएको र सफाइ पेस गर्ने मौका पनि नपाएको उनले दाबी गरे । ‘म तीनचोटी चुनाव लडिसक्या छु । २०७४ को कानुनमा पनि लेखिसक्या छ । म त्यतिखेर पनि आनो सफाइको लागि पेश गर्न सक्थें, उच्च अदालतमा पनि जान सक्थें । मैले त्यतिखेर मौकै पाएन । जानकारी नभएपछि मौका कसरी पाउन ?’ उनले भने । मेरो नाम फरार सूचीमा छ कि छैन भनेर सोध्दा जिल्ला प्रहरी कार्यालयले पनि छैन भनेको चौधरीले दाबी गरे ।
आममाफी दिएकामा राष्ट्रपति कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई उनले धन्यवाद पनि दिए ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ८, २०८२खेलमा ‘ईसा’ नामकी युवतीको भूमिकामा ठूलो पर्दामा पहिलो पटक देखा पर्दै
-
बैशाख ८, २०८२वार्ता एक, दुई दिन भित्रै निष्कर्षमा – नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी वार्ता सफल पार्ने कोसिस : नेता महर
-
बैशाख ८, २०८२हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री देउवा
-
बैशाख ८, २०८२विद्यार्थीको अभिभावक भन्दै शिक्षकहरूको आन्दोलनमा घुसपैठ गर्ने पक्राउ
लोकप्रिय
-
लोकप्रिय बैशाख ८, २०८२खेलमा ‘ईसा’ नामकी युवतीको भूमिकामा ठूलो पर्दामा पहिलो पटक देखा पर्दै
-
लोकप्रिय बैशाख ८, २०८२वार्ता एक, दुई दिन भित्रै निष्कर्षमा – नियमित भर्ना र १२ कक्षाको परीक्षा प्रभावित नहुने गरी वार्ता सफल पार्ने कोसिस : नेता महर
-
लोकप्रिय बैशाख ८, २०८२हाम्रा सामूहिक प्रयासहरुलाई सार्थक बनाउन क्षेत्रीय सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री देउवा
-
लोकप्रिय बैशाख ८, २०८२विद्यार्थीको अभिभावक भन्दै शिक्षकहरूको आन्दोलनमा घुसपैठ गर्ने पक्राउ
Comments