अर्थ /कारोवार
सुनको भाउ घट्यो

- चैत्र २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ । बुधबार सुनको मूल्य एकैदिनमा प्रतितोला दुई हजार रुपैयाँ बढेर प्रतितोला मूल्य १ लाख ११ हजार रुपैयाँ पुग्यो। बिहीबार भने नेपाली बजारमा सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख १० हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख नौ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ घटेको हो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला १४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर