
महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
- कार्तिक २१, २०८१ मा प्रकाशित

कासिन न्यूज, काठमाडौं ।
आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुआत गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३५ रनमै समेटियो । थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
नेपालका लागि रचनाकुमारी चौधरी एक्लैले ४ विकेट लिइन् भने कप्तान पूजा महतो र रिया शर्माले समान २/२ विकेट लिए । त्यसैगरी करिश्मा गुरुङ र मनिषाकुमारी उपाध्यायले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २ रनको योगफल तयार पारेको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४० बलमा ३ चौका र १ छक्काको मद्दतले ३५ रन जोडेकी हुन् । यसैगरी सीमाना केसी र सोनी पाख्रिनले समान १९/१९ रन बनाए ।
थाइल्यान्डका लागि चारुकन साइमाले २ तथा सुनिसा बोङ्कोड फोंगम्पाईले १ विकेट लिइन् । यही कात्तिक २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली विश्वकपमा छनोट हुनेछ । नेपालले भोलि आफ्नो दोस्रो खेल कुवेतसँग खेल्नेछ । विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
चैत्र १२, २०८१उपत्यकाको मौसम सफा : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली
-
चैत्र १२, २०८१सुख, शान्ति र समृद्धिका लागि श्रीगणेशको पूजा
-
चैत्र ११, २०८१शिक्षा भन्दा आर्थिक लाभमा ध्यान : नक्कली विद्यार्थीको परीक्षा फारम बुझाएर अवैध आर्थिक लाभ लिने गिरोह सक्रिय
-
चैत्र ११, २०८१संक्रमणकालीन न्यायसम्बन्धी विवादमा सिफारिस समिति गठन गर्न तीन शीर्ष नेताहरू सहमत
लोकप्रिय
-
लोकप्रिय चैत्र १२, २०८१उपत्यकाको मौसम सफा : कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली
-
लोकप्रिय चैत्र १२, २०८१सुख, शान्ति र समृद्धिका लागि श्रीगणेशको पूजा
-
लोकप्रिय चैत्र ११, २०८१शिक्षा भन्दा आर्थिक लाभमा ध्यान : नक्कली विद्यार्थीको परीक्षा फारम बुझाएर अवैध आर्थिक लाभ लिने गिरोह सक्रिय
-
लोकप्रिय चैत्र ११, २०८१संक्रमणकालीन न्यायसम्बन्धी विवादमा सिफारिस समिति गठन गर्न तीन शीर्ष नेताहरू सहमत
Comments