
तिहारमा ५० करोड बराबरको फूलको कारोबार
- कार्तिक २१, २०८१ मा प्रकाशित

कासिन न्यूज, काठमाडौ ।
यस वर्षको तिहारमा रु ५० करोड बराबरको फूलको कारोबार भएको छ भने सबैभन्दा धेरै खपत काठमाडौँ उपत्यकामा भएको छ ।
फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको छ । यस वर्ष उपभोक्ताले सामान्यतया एउटा मालाको रु १ सय तिर्नुपरेको थियो । काठमाडौँ महानगरपालिका (कामपा) ले फूल बिक्रीस्थल तोकेका कारण यस वर्षसहज भएको उहाँले बताउनुभयो । यस वर्ष कामपाले नेपाली फूल किसानलाई फूल बेच्न ४६ स्थान तोकेको थियो ।
बजार माग हरेक वर्ष १५ देखि २० प्रतिशतसम्म वृद्धि हुने तर उत्पादन भने बढीमा १० प्रतिशतले मात्र वृद्धि हुने गरेको छ । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि सयपत्री र रातो गुलाफ भने भारतबाट आयात गर्नुपर्ने बाध्यता रहेको अध्यक्ष बादेले बताउनुभयो ।
काठमाडौँ उपत्यकाको ३ जिल्लासहित कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ५२ वटा जिल्लामा पुष्पखेती विस्तार भएका छन् । व्यावसायिक रूपमा ४ सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका उहाँले जानकारी दिनुभयो । पुष्पखेतीबाट ४४ हजारभन्दा बढी लाभान्वित भएका छन् भने २ सय २१ हेक्टरमा १ हजार १ सय ८४ व्यवसायीले पुष्पखेती गरेका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख ५, २०८२देशका विभिन्न स्थानमा तीन दिनसम्म पानी पर्ने : मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला
-
बैशाख ५, २०८२तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार
-
बैशाख ४, २०८२अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस
-
बैशाख ४, २०८२सामाजिक सेवा र हाम्रो उत्तरदायित्व
लोकप्रिय
-
लोकप्रिय बैशाख ५, २०८२देशका विभिन्न स्थानमा तीन दिनसम्म पानी पर्ने : मौसमबारे जानकारी लिएर मात्रै बाली काट्नुहोला
-
लोकप्रिय बैशाख ५, २०८२तेल, चन्दन, कपुरको दानले शुक्र ग्रहको विपरित दशामा सुधार
-
लोकप्रिय बैशाख ४, २०८२अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस
-
लोकप्रिय बैशाख ४, २०८२सामाजिक सेवा र हाम्रो उत्तरदायित्व
Comments