बसको ठक्करबाट एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
- कार्तिक २१, २०८१ मा प्रकाशित
कासिन न्यूज, काठमाडौ ।
भरतपुर (चितवन) – रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जनाको अवस्था गम्भीर छ ।
खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए
लोकप्रिय
-
लोकप्रिय भाद्र २६, २०८२त्रिभुवन विश्वविद्यालयको पठनपाठन छठपछि मात्रै
-
लोकप्रिय भाद्र २४, २०८२मधेसका मुख्यमन्त्रीले राजीनामा दिँदै, केन्द्रमा समर्थन फिर्ता
-
लोकप्रिय भाद्र २४, २०८२एमाले सुर्खेतको पार्टी कार्यालय तोडफोड
-
लोकप्रिय भाद्र २४, २०८२ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान जलाए













Comments