उपनिर्वाचनको तयारीका कारणले जसपाको विधान अधिवेशन सर्यो

- चैत्र २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन सरेको छ । पार्टी उपनिर्वाचनको तयारीमा जुटेकाले जेठ १ गतेका लागि अधिवेशन सारिएको जसपाका केन्द्रीय कार्यकारिणी समिति एक सदस्यले जानकारी दिए ।


ती सदस्यका अनुसार जेठ १ देखि ३ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने छ । यसअघि यही चैत २६ गतेदेखि २८ गतेसम्म अधिवेशन गर्ने तय भएको थियो । तर वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्नुभएकाले विधान अधिवेशन सारिएको थापाले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर