न्यूनतम साझा कार्यक्रम
कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गरी गरीबी निवारण गर्ने

- चैत्र २३, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
विस्तृत शान्ति सम्झौतालगायत विगतमा नेपाल सरकार र विभिन्न राजनीतिक दल र पक्षहरूबिच भएका सहमती र सम्झौताहरूलाई हृदयङ्गम गरी देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको उनले बताएकी छिन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र संसदको रक्षार्थ भएको सङ्घर्षको भावनाअनुरूप प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता गर्दै आपसी संवाद, सहमति र सहकार्यमार्फत गठबन्धनको संस्कृति विकास गरी देशमा राजनीतिक स्थायित्व प्रदान गर्न वर्तमान संयुक्त सरकार गठनका लागि पहल गर्ने तथा समर्थन गर्ने दलहरू यो साझा न्यूनतम कार्यक्रममा सहमत रहेका उनले बताइन् ।
कृषि प्राथमिकतामा
गठबन्धनले साझा कार्यक्रममा कृषिलाई प्राथमिकता दिएको छ। कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गरी गरीबी निवारण गर्न कृषि फार्म, कन्ट्राक्ट खेती र सहकारी खेतीमा जोड दिने कार्यक्रममा भनिएको छ।
कृषिमा अनुदानको व्यवस्था गर्ने र प्रत्येक किसानलाई खेतीका लागि आवश्यक मल तथा उन्नत बीउ बिजन समयमै उपलब्ध गराउने कार्यक्रममा भनिएको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर