फ्रान्क लाम्पार्डलाई चेल्सीको अन्तरिम प्रशिक्षकमा नियुक्त

- चैत्र २४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

इंग्लिस क्लब चेल्सीले आश्चर्यजनक रुपमा पूर्व प्रशिक्षक फ्रान्क लाम्पार्डलाई सिजनको अन्त्यसम्मको लागि अन्तरिम प्रशिक्षकमा नियुक्त गरेको छ ।
ग्राहम पोटरको बर्खास्तीपछि चेल्सीले आश्चर्यजनक रुपमा लाम्पार्डलाई पुनः प्रशिक्षकको जिममेवारी प्रदान गरेको छ । चेल्सीले गत आइतबार पोटरलाई बर्खास्त गरेको थियो ।
लाम्पार्ड सन् २०२१ मै चेल्सीबाट बर्खास्तीमा परेका थिए । त्यसपछि चेल्सीले थोमस टुचेल र ग्राहम पोटरलाई प्रशिक्षक बनाएको थियो । लाम्पार्ड यसै सिजन इंग्लिस क्लब एभर्टनबाट बर्खास्तीमा परेका थिए ।
जनवरीमा एभर्टनबाट बर्खास्त भएपछि जागिरविहीन रहेका लाम्पार्डले यसअघि जुलाई २०१९ देखि जनवरी २०२१ सम्म चेल्सीको प्रशिक्षण सम्हालेका थिए ।
चेल्सीको केयरटेकर प्रबन्धकमा नियुक्त भएपछि लाम्पार्डले अहिले नै पूर्ण रुपमा मुख्य प्रशिक्षक बन्नुको सट्टा अहिले आm्नो ध्यान चेल्सीको नतिजामा नै केन्द्रित गर्ने बताएका छन् ।

‘म आफूले गर्नसक्ने सबैभन्दा राम्रो भूमिका गर्न चाहन्छु र त्यसपछि के हुन्छ हामी हेर्नेछौं ।’ ४४ वर्षीय लाम्पार्डले भने, ‘म कहाँसम्म पुग्छु भन्न सक्दिन ।’
अब लाम्पार्डको प्रशिक्षणमा चेल्सीले प्रिमियर लिगमा शनिबार वुल्भ्स र त्यसपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा बुधबार रियल म्याड्रिडसँग खेल्नेछ ।
लाम्पार्ड स्टामफोर्ड ब्रिजका खेलाडी रहँदा त्यसबेला अन्तरिम प्रशिक्षक रहेका रोबर्टो डि माटियोले चेल्सीलाई च्याम्पियन्स लिग जिताएका थिए ।
लाम्पार्ड डि माटियोकै बाटोमा हो भनेर सोध्दा पूर्व मिडफिल्डर लाम्पार्डले भने, ‘यो मेरो निर्णय हुनेछैन त्यसैले म फेरि त्यसमा अगाडि बढ्न चाहन्न । बुझ्छु कि मलाई त्यो प्रश्न धेरै सोधिनेछ । मेरो लागि अहिले आफ्नो जिम्मेवारी पूरा गर्नु मात्र हो ।’
चेल्सी प्रिमियर लिगमा ११औं स्थानमा छ । चेल्सी चौथो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा १४ अंकले पछि छ । यस सिजन नयाँ खेलाडीका लागि चेल्सीले ५५० मिलियन भन्दा बढी खर्च गरेपनि अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर