प्राधिकरणको प्रश्न ? ठेक्का रद्द किन नगर्ने ?

- चैत्र २४, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

दिइएको काम समयमा फत्ते नगर्ने र ठेकेदारहरुले गरेको काम सन्तोषजनक नभएका कारण नेपाल बिधुत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ७ वटा कम्पनिहरु सँग ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाएको छ ।
प्राधिकरणले एक सूचना मार्फत ७ कम्पनीलाई सात दिनभित्र निर्माण व्यवसायी स्वयं उपस्थित भएर स्पष्टीकरण पेस निर्देश दिएको छ ।
कार्यालयले पूर्वचौकी–१ डोटीको नेत्र निर्माण सेवा, राजपुर डोटीको मा भगवती निर्माण सेवा, बानेश्वर काठमाडौंको धुलिखेल एलबी एण्ड एबी जेभी, धनगढी कैलालीको एलबी, एबी÷मा भगवती जेभीलाई ठेक्का रद्द किन नगर्ने भनेर स्पष्टीकरण सोधेको छ ।
यसैगरी धनगढी कैलालीको ओम बिरभद्र निर्माण कन्स्ट्रक्सन, गौमुल–३ बाजुराको मनकामना निर्माण सेवा र दिपायल सिलगढी–८ डोटीको एसएस कन्स्ट्रक्सनसँग पनि स्पष्टीकरण सोधिएको छ ।

यी कम्पनीहरुले आदर्श, सायल, बोगटान, बडीकेदार, जोरायल गाउँपालिकाका विभिन्न वडाहरुमा एचटी, एलटी लाइन निर्माण तथा ट्रान्सफर्मर जडानका लागि ठेक्का सम्झौता गरेका छन् ।
तर सम्झौता अनुसारको काम गरेपछि प्राधिकरणले पटक–पटक लिखित तथा मौखिक ताकेता गर्दासमेत तोकिएको अवधिभित्र काम सम्पन्न नगरेपछि सातदिने स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर