स्वार्थशास्त्री स्वर्णिमलाई चिन्न सकेन कांग्रेसले
- चैत्र २४, २०७९ मा प्रकाशित
सुधीर नेपाल ,
अर्थशास्त्री स्वर्णिम वाग्ले अहिले सामाजिक सञ्जालको भित्राहरुको नायक बनेका छन् । राम्रा देखी नराम्रा टिप्पणीहरुले वाग्लेलाई घेरिरहेको हुन्छन् । कतिमा त वाग्लेले प्रश्नको प्रतिउत्तर दिन्छन् भने प्राय जसो यस्ता टिप्पणीहरु ते तिकै थन्किएका हुन्छन् ।
कुरा यहाँ टिप्पणी र त्यसको प्रतिउत्तरको होइन । कुरो यहाँ के हो भने कांग्रेस सँग वाग्लेको गाँसीएको सम्वन्धको हो । वाग्ले कै शब्दलाई नियाँलेर हेर्ने हो वाग्ले परिवारको नेपाली कांग्रेस सित बाक्लो हिमचिम रहेको रहेछ । कांग्रेस सँगको हिमचिम र पारिवारीका विरासतको आडमा वाग्ले पनि राजनीतिको एउटा धागो समाउन सफल भएका रहेछन् । राजनीति कसरी गर्ने भन्ने कुराको ज्ञान हासिल गर्न सफल भएका रहेछन् ।
हुन त राजनीतिमा ठाउँ सारीले खासै महत्व राख्दैन् । आफूलाई जहाँ सहजता महसुस हुन्छ , राजनीतिक कर्मीले त्यही आफनो डेरा जमाउन खोज्नु पनि स्वभाविक हो । वाग्लेको भनाईलाई मान्ने हो भने उनले कांग्रेस पार्टीको लागि आफनो जीवनको उर्जावान दिन सुम्पेको थिए रे । जसरी उनले कांग्रेसलाई आफनो उर्जावान समय दिए । त्यसको पुरस्कार स्वरुप कांग्रेसले पनि वाग्लेलाई त्यतिकै खाली हात राखेन् । सक्षम र सफल अर्थशास्त्रीको रुपमा छाईरहेका वाग्लेलाई उनको क्षमता र कार्यकुशलता प्रर्दशन गर्ने मौका दिन कांग्रेस कहिले पनि पछि हटेन । चाहे त्यो शुसिल कोइरालाकोे पालोे होस् वा शेरबहादुर देउवाको ।
यी दुबैको राजमा वाग्लेले आफूलाई प्रस्तुत गर्ने ठूलै मौका पाए पनि । अनि त्यसको भरपूर आन्नद लिए भनौ वाग्लेले कांग्रेसलाई आफनो स्वार्थताको लागि निकै फरासिलो तवरले प्रयोग गरे ।
कांग्रेस पार्टीमा बसेर वाग्लेले राजनीतिका हरेक पाइलाहरुलाई नजिक बाट नियाँल्ने मौकालाई चुक्न दिएनन् । जसको भरपूर फाइदा वाग्लेलाई अहिले भै रहेको छ । कांग्रेसले दिने अर्थ सम्वन्धि कार्यको लागि जहिले पनि कांग्रेसले वाग्लेलाई नै मौका दिने गरेको थियो ।
अहिले वाग्लेका हरेक सार्वजनिक कार्यक्रममा एउटै सुंगा रटाई हुन्छ उनी आफनो परिवारले कांग्रेस पार्टीलाई दिएको ५० वर्षलाई जहिले पनि अगाडी ल्याउने गर्छन । यही ५० वर्षलाई भजाएर कांग्रेसले दिएका विभिन्न सार्वजनिक पदहरुमा हैकम जमाएका वाग्लेलाई आफनो बिश्वास पात्रको रुपमा कांग्रेसले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष देखी आयोगको कार्यकारी सदस्य सम्मको पदमा बिराजमान गरायो । वाग्लेले मौकाको फाइदा राम्ररी लिए नै । साथ साथै राजनीतिमा हुने नितिहरुको अध्ययन पनि राम्रै सँग गर्ने मौका पाए । कांग्रेसको बुँई चढेर राजनीतिक जीवनको यात्रा तय गरेका वाग्ले कांग्रेसमा आरोपका भकारी भरेर बाहिरीएका छन् ।
हुन त भनि राख्नु पर्दैन होला कांग्रेस पार्टी भनेको भिमकाय दल हो । जहाँ स्वर्णिम जस्ता लाखौ कार्यकर्ताहरु अडिएका छन् । तर सबैले स्वर्णिमले जस्तै मौका पाउन नसक्लान् । जसरी कांग्रेसले स्वर्णिमको जीवनलाई रसिलो बनाइदियोे । त्यसको बदलामा स्वर्णिमले कांग्रेसलाई के दिए ।यसको उत्तर खोज्नुपर्ने बेला भै सकेको छ । नत्र स्वर्णिमले खोलेको स्वार्थको बाटोमा अरु कांग्रेसीहरु नहिड्लान भन्न सकिंदैन ।
पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको कुरा ओकलेका छन् । यसमा के छ भने स्वर्णीमले जति कांग्रेसलाई दिए त्यसको डबल भन्दा माथि कांग्रेसले उनलाई दिएको छ । जसको साक्षीहरु आम कांग्रेसीजन छन् ।
राजनीतिको बजारमा अहिले विभिन्न नयाँ नयाँ दलहरुको स्थापना भएका छन् । जसमध्ये एक हो राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा । पासपोर्ट काण्डमा मुछिए पछि सत्ता र पद दुबै गुमाएका पात्र रवि लामिछाने सभापति रहेका रास्वपामा अर्को स्वार्थको पहाडको जन्म भएको छ । जसलाई हामी स्वर्णिम भनेर चिन्छौं ।
जसरी कांग्रेसलाई स्वर्णिमले स्वार्थको भाँडोको रुपमा प्रयोग गरेका थिए । त्यस्तै प्रयोग उनले रास्वपामा नर्गलान भन्न सकिदैन् । भोली स्वर्णिम रास्वपाबाट बाहिरीए भने पनि आश्चर्य मान्नु पर्दैन् । किन भने यही राजनीतिक कलाले त अहिले सम्म स्वर्णिम जस्ता बिद्धानहरुले ठूला ठूला राजनीतिज्ञहरुलाई बेवकुफ बनाई रहेका छन् । जुन कुरा थाहा पाउँदा पाउँदै पनि राजनेताहरु चुप लागेर बस्न बाध्य छन् । उता स्वर्णिमहरुले राजनीतिक लुटको धन्दा राम्रै सँग चलाई रहेका छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments