![](https://kasinmedia.com/wp-content/uploads/2019/05/1140x100.jpg)
मेयर बालेनले सरकार विरुद्ध लेखेको फेसबुक स्ट्याटसले प्राविधिक बजार तरंगीत
- चैत्र २५, २०७९ मा प्रकाशित
![](https://kasinmedia.com/wp-content/uploads/2023/04/baalen.jpg)
कासिन न्यूज,
काठमाडौं ।
राज्यलाई माथि आफू हुन सक्ने अतिरञ्जित घटनाको बारेमा पटक पटक जानकारी गराउँदा पनि कुनै वास्ता नगरेको र आफूले गर्न लागेको महानगर सुधारको कार्यक्रमलाई साथ र सहयोग नगरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) केही दिन देखी निकै तनावमा छन् ।
राष्ट्रको महानगरलाई महानगर जस्तै बनाउने विभिन्न सपना बोकेर महानगर छिरेका बालेनलाई राज्य कुनै प्रकारको साथ र सहयोग नगरेको कुरा बेलाबखत बाहिरी रहेका हुन्छन् ।
त्यसै कारणले बेलाबेला आवेगका स्ट्याटसहरु सामाजिक सञ्जालका भित्ताहरुमा बालेनको तर्फ आइरहेका हुन्छन् ।
प्रसंग बस अहिले मेयर बालेनले सरकार विरुद्ध लेखेको फेसबुक स्ट्याटसले प्राविधिक बजारमा मौलाउने मौका पाएको छ । मेयर बालेनका स्ट्याटसलाई लिएर विभिन्न क्रिया प्रतिक्रियाहरु आईरहेका छन् । मेयर बालेन शनिवार संघीय सरकारमाथि खनिएर एक स्ट्याटस पोस्ट्याएका छन् ।
जसमा सरकारले आफूलाई असहयोग गरेको बताउँदै आएका साहले सरकारमाथि पटक–पटक कडा टिप्पणी गर्दै आएका छन् । त्यसै क्रममा उनले शनिबार बिहान आफ्नो फेसबुक पेज र एकाउन्टमा फरकफरक टिप्पणी गरेका छन् ।
बिहानै फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका मेयर साहले फेसबुक एकाउन्टमा अर्को स्टाटस लेख्दै नेपालको सरकार भारत र चीनले बनाउने गरेको आरोप लगाएका छन् ।
![](https://kasinmedia.com/wp-content/uploads/2023/04/balem.jpg)
‘इन्डियार चाइनाले बनाएको सरकारको कुनै इज्जत गर्दिन म’, उनले प्रश्न गरेका छन्, नेपाल स्वाधीन कहिले हुने ?’
मेयर साहले आफ्नो अस्तित्व कहिले बनाउने भन्दै प्रश्नसमेत गरेका छन् । यसअघि रवि लामिछाने गृहमन्त्री हुँदासमेत यस कार्यलाई तत्काल सहयोग गर्न नसकिने बताएका थिए ।
![](https://kasinmedia.com/wp-content/uploads/2019/05/1140x100.jpg)
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments