पेरिस ओलम्पिक – २०२४
भियतनामविरुद्ध नेपाललाई फराकिलो जित निकाल्नुपर्ने चुनौति
- चैत्र २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
छनोटको पहिलो चरणको दोस्रो खेल नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भियतनामसँग खेल्दै छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजेपछि हुनेछ । छनोटको पहिलो चरणमा नेपालले भियतनामसँग नै दोस्रोपटक खेल्न लागेको हो । गत बुधबार भएको खेलमा नेपाल ५–१ ले पराजित भएको थियो ।
नेपालका लागि एकमात्र गोल सावित्रा भण्डारी ‘साम्वा’ ले गरेकी थिइन् । उनको यो ४३ खेलमा ४३औं गोल हो । उनी नेपालको सर्वाधिक गोलकर्ता हुन् ।
छनोटको यो समूह ‘सी’ मा प्यालेस्टाइन र अफगानिस्तानले आफ्नो नाम फिर्ता लिएपछि नेपाल र भियतनामले दुई लेगमा प्रतिस्पर्धा गर्नुपरेको हो ।
पहिलो खेलमै फराकिलो हार बेहोरेको नेपालको दोस्रो चरणमा छनोट हुने सम्भावना झिनो छ । दोस्रो चरणमा छनोट हुन नेपालले पाहुना टोली भियतनामविरुद्ध फराकिलो जित निकाल्नुपर्ने हुन्छ । तर, बलियो भियतनामविरुद्ध जित निकाल्न नेपाललाई कठिन नै हुनेछ ।
यता, पहिलो खेलबाट नै सहज जित निकाल्दै दोस्रो चरणमा छनोट हुन एक कदम अगाडि बढेको भियतनाम घरेलु टोली नेपाललाई पराजित गर्दै दोस्रो चरण पुग्ने लक्ष्यमा हुनेछ । भियतनामलाई दोस्रो चरणमा छनोट हुन झिनो हार या बराबरीको नतिजा नै पर्याप्त हुनेछ ।
पहिलो चरणमा एसियाका २६ टोलीलाई ७ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष टोली दोस्रो राउन्डमा छनोट हुनेछन् । उत्तर कोरिया, जापान, अष्ट्रेलिया, चीन र दक्षिण कोरिया दोस्रो राउन्डको लागि छनोट भइसकेका छन् ।
दोस्रो राउन्डमा रहने १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ । शीर्ष टोली तेस्रो राउन्डमा छनोट हुनेछ । एक उत्कृष्ट दोस्रो हुने टोली तेस्रो राउन्डलाई छनोट हुनेछ । तेस्रो राउन्ड दुई लेगमा हुनेछ । त्यसबाट विजेता दुई टोली पेरिस ओलम्पिक २०२४ मा छनोट हुनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments