ब्रेक टि -२०
क्रिकेट प्रतियोगितामा नेपालले टोर्नाडोस वुमन्सलाई १० विकेटले पराजित गर्यो
- चैत्र २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कप्तान लौरेन विनफिल्ड हिलको विष्फोटक शतकमा बर्मी आर्मीले वुमन्सले फेयर ब्रेक टि २० क्रिकेट प्रतियोगितामा टोर्नाडोस वुमन्सलाई १० विकेटले पराजित गरेको हो । नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासे सम्मिलित आर्मीले सीताराना मगर सम्मिलित टोर्नाडोसलाई सहजै पराजित गरेको हो
। नेपाली दुबै खेलाडीले बलिङ गर्दा ब्याटिङको भने अवसर पाएनन् । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले १५.४ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । कप्तान हिल ६४ बलमा १७ चौका र ५ छक्कासहित १ सय २० रनमा अविजित रहिन् । त्यस्तै लौरा वोल्भाडर्ट ३१ बलमा २ चौका र २ छक्कासहित ४० रनमा अविजित रहिन् ।
सीताले २ ओभरमा २६ रन खर्चेकी थिइन् । सीताले सातौं र नवौं ओभरमा बलिङ गरेकी थिइन् । सातौं ओभरमा सीताले १० रन खर्चेकी थिइन् । पहिलो बल हिललाई एक र दोस्रो बल डट राखेकी थिइन् । त्यसपछि एक, दुई र डट गर्दै सुरुवाती पाँच बलमा चार रन मात्रै दिएकी थिइन् । अन्तिम बलमा हिलले उनलाई एक छक्का हानिन् ।
नवौं ओभरमा हिलले सीतालाई दुई चौका र एक छक्कासहित कुल १६ रन जोडिन् । पहिलो बल डट राखेपनि दोस्रोमा चौका र तेस्रो बलमा छक्का खर्चेएकी थिइन् । त्यसपछिका दुई बलमा एक एक रन दिइन् । अन्तिम बलमा चौका खान पुगेकी थिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको टोर्नाडोसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो । टोर्नाडोसकी सुने लुसले ४३ बलमा ६ चौका र ३ छक्कासहित ६५ र नतासा मिल्सले ४० रन बनाइन् ।
रुबिनाले ३ ओभरमा २० रन खर्चेकी थिइन् । रुबिनाले आर्मीको पहिलो ओभरबाट नै बलिङको सुरुवात नै गरेकी थिइन् । पहिलो ओभरमा रुबिनाले दुई चौकासहित कुल ११ रन खर्चेकी थिइन् । डट बलबाट सुरुवात गरेकी थिइन् । अन्तिमदुई बलमा डेन मान निर्केनले लगातार चौका प्रहार गरिन् । आठौं ओभरमा उनले कसिलो बलिङ गर्दै मात्रै तीन रन खर्चेकी थिइन् । १४ औं ओभरमा रुबिनाले मात्रै ६ रन खर्चेकी थिइन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments