उप्रधानमन्त्रीको बिश्वास
ताकत, आर्शीवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगे

- चैत्र २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
सुर्खेत ।

उपप्रधानमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले शनिबार विमानस्थलबाट उत्रिने बित्तिकै माटोलाई ढोगेका छन् ।
खड्कालाई स्वागत गर्नका लागि सुर्खेत विमानस्थलमा सरकारी कर्मचारीहरू र कांग्रेस कार्यकर्ता थियो । विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री खड्काले कर्णाली र सुर्खेती जनताको शिर निहुरिने गरेर कुनै पनि कामहरु आफूबाट नहुने बताए ।
‘म अहिले जहाँ छु, कर्णालीको जनप्रतिनिधिको रुपमा छु, मैले जिम्मेवारी सम्हाल्दा, सम्पन्न गरेर जिम्मेवारी विसाउने बेलाको भोलिपल्टदेखि कर्णालीका जनताले हाम्रो शिर निहुरिने काम गरेनन्, कर्म गरेनन्, शिर ठाडो गर्ने गरी काम ग¥यो भन्ने जस प्राप्त गर्न सकुँ,’ खड्काले भने, ‘त्यहीँ ताकत, आर्शीवाद र शुभकामना कर्णालीको माटोसँग माग्नका लागि कर्णालीको धर्ती ढोगें ।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर