सन्दर्भ उपचुनाव
यो ठाउँले देशको सबैभन्दा उच्च पद पायो तर जनताले के पाए चिया र बिस्कुट -रास्वपा सभापति लामिछाने
- चैत्र २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
आबुखैरेनी ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध गर्नेहरुलाई जेल हाल्ने चेतावनी दिएका छन् रास्वपाका सभापति रवि लामिछानेले ।
भ्रष्टाचारको आरोपमा पुराना पार्टीका नेताहरूलाई जेल हाल्नु पर्ने अवस्था आईसकेको पनि उनले बताए । तनहुँ १ को आबुखैरेनीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै रास्वपा सभापति लामिछानेले ‘यो ठाउँले देशको सबैभन्दा उच्च पद पायो तर जनताले के पाए चिया र बिस्कुट ।’ उनले प्रश्न गर्दै भने, ‘युवा देश छोडेर जान बाध्य भएका छन्, सुत्केरी अस्पताल नपुग्दै बाटोमा मृत्यु हुने जोखिम छ, विद्यालय शिक्षाको स्तर खस्किँदै गयो ।’
राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले आफ्नो जिल्लाबासीलाई शीतलनिवास बोलाएर चियापान कार्यक्रम गरेका थिए। एउटै देशको नागरिकले कुनै निर्वाचन क्षेत्रबाट चुनाव लडेमा टुरिस्ट वा पाहुँना भनेर त्यति प्यारो शब्दको अपमान नगरिदिन अनुरोध गरे।
‘मैले यसअघि टेलिभिजनबाट भएन भएन मात्रै भने भएन भएन भनेर मात्र भएन अनि राजनीतिमा आएँ’ उनले भने। उनले राजनीतिमा आफू जनताको सेवा गर्न आएको र जनताको काम गर्न रास्वपालाई अवसर दिन पनि लामिछानेले आग्रह गरे।
उनले आफ्नो पार्टी करिब ३० दिन सरकारमा बसेर केही नबिगारेको बरु सुधारको प्रयास गरेको दाबी गरे। त्यस्तै, आफूलाई ठूलो दल र पुरानो पार्टी भन्नेहरूले देशलाई खोक्रो बनाएको उनले आरोप लगाए।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments