महानगरले सुकुमबासी बस्तीमा डोजर चलाउँदा नेपाल सरकार र प्रहरीले असहयोग गरे – मेयर साह
- चैत्र २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कानुन कार्यान्वयन गर्ने प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको भन्दै मेयर बालेन्द्र साह (बालेन) ले ती संरचना हटाउन निर्देशन दिएका हुन् ।
अहिले महानगरले फुटपाथमा व्यापार गर्न रोकेको र त्यो सर्वसाधारणका लागि मात्रै नभएको बताउँदै प्रहरी बिट पनि हटाउन मेयर साहले भनेका छन् । मेयर साहले भनेका छन्, ‘नत्र समतामुलक कानुनको प्रयोगको लागि पनि हामी ती संरचना हटाउन बाध्य हुनेछौँ ।’
उनले हटाउनु पर्ने प्रहरी बिटहरू पनि सार्वजनिक गरेका छन् । उनका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि, सामाखुसी, जडीबुटी चोक, सिनामंगल चोक, चुच्चेपाटी चोक, ढल्को, ताम्सीपाखा, रुद्रमतीमार्ग मैतीदेवी, असन चोक, न्यूरोड पिपलबोट, चिकमंगलम, धोवी चोर, देउराली क्लब, रातो पुल, बौद्ध, ताहचल, पेप्सीकोला, त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र माछापोखरीका प्रहरी बिट हटाउनु पर्नेछ ।
दूतावासलगायत विदेशी नियोगका सम्बन्धमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिएको उनले बताएका छन् । मेयर साहले कानुन सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने स्थापित गर्न सबै तयार हुन अपिलसमेत गरेका छन् । महानगरले सुकुमबासी बस्तीमा डोजर चलाउँदा नेपाल सरकार र प्रहरीले असहयोग गरेको मेयर साहको ठम्म्याइ छ । शुक्रबार मात्रै बागमती किनारको सुकमबासी बस्तीमा डोजर लगाउँन खोज्दा महानगर असफल भएको थियो । त्यसकै भोलिपल्ट उनले प्रहरी बिट हटाउन निर्देशन दिएका हुन् ।
बिहान मेयर साहले फेसबुक पेजमार्फत सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै सरकारको इज्जतसमेत नगर्ने बताएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments