एसका सम्मानित नेता खनाल एमालेमा फर्किने मनस्थितिमा – वरिष्ठ नेता न्यौपानेले एस त्यागे
- चैत्र २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन नेकपा एकीकृत समाजवादी (एस)का वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका हुन् ।
एसले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त भएको उनको आरोप छ ।
सांसदको लागि झगडा गर्ने, सांसद पाउनासाथ मन्त्री पाउन लफडा गर्ने, जति खाएपनि नअघाउने, जति भरे पनि नभरिने मानिसहरु मात्रै पार्टीमा रहेको उनको दाबी छ ।
माघ २०७९ मा बसेको केन्द्रीय समितिको बैठकमा आफूले राखेको फरक मतबारे कुनै छलफल नभएको भन्दै उनले अघि भने, ‘यस्तो पार्टीको सदस्य भएर बस्नुभन्दा देशको असल नागरिक भएर बस्ने सोचेँ ।’
उनले देशभरका नेता कार्यकर्ता समेटेर एमालेमा समाहित हुने तयारी रहेको समेत जानकारी दिए । सम्मानित पद दिए एसका सम्मानित नेता झलनाथ खनाल समेत एमालेमा नै फर्किने मनस्थितिमा रहेको उनको दाबी छ ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments