कसैले एमाले विरूद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरूले ढाल बनेर छेकेका छन् – एमाले अध्यक्ष ओली

- चैत्र २५, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेकपा एमाले निकट अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरू भएको सातौं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एमाले मुलुकमा अरू पार्टी भन्दा बढि बलियो, व्यापक र अग्लो रहेको बताएका छन्।
उनले एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरू लागेपनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै अखिल नेपाल महिलासँगलाई धन्यवाद पनि दिए। पार्टीमा आवद्ध महिलाहरूको निष्ठाकै कारण एमाले अहिले पनि बलियो शक्तिको रूपमा रहन सकेको ओलीको भनाई थियो।
‘अहिले एमाले जुन ठाउँमा छ। मैले धेरै ठाउँ भन्ने गरेको छु–आज पार्टी दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमाले विरूद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरू ढाल बनेर महिलाहरूले छेकेका छन। अनमेसंघ र अरू संगठनहरू सक्रिय छन।

त्यसमा पनि अखिल नेपाल महिला संघको र महिला दिदीबहिनीहरूको महिला दिदीबहिनीहरूको योगदान यथार्थमा भन्ने हो भने आजको अवस्थामा पार्टी यसरी सुरक्षित भएर, जोगिएर, फेरी एउटा देशका प्रमुख पार्टीको हैसियतमा तुरून्त जस्ताको तस्तै उभिन, शरिरभरी घाउ, निलडाम होलान,’उनले भने, ‘तर नेकपा एमाले फेरी पनि जुरूक्क उठेको छ। अरूभन्दा अलि बलियो, अरूभन्दा अघि ब्यापक, अरू भन्दा अघि अग्लो त्यस रूपमा एमाले उभिएको छ।

यो योगदानका लागि म महिला दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। यसमा महिलाहरूको निष्ठाले काम गरेको छ।’
अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको पनि दोहो¥याए। त्यस अवसरमा उनले पार्टी भित्र गुटबन्दी नगर्न पनि निर्देशन दिए। एमाले भित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराए।
‘आजको एमाले भित्र कुनै पनि किसिमको गुटबन्दी छैन। त्यहाँ प्रतिपक्ष छैन। सब एकजुट छ। स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस्। हुन्छ नि स्वार्थका लागि यसो गु्रप बनाएझैं। खेल्न खोजे झैं त्यस्तो खालको नगर्नुहोला,’ उनले भने, ‘एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन। संगठन एकजुट हुनुपर्दछ। योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं। यसमा तलमाथि हुँदैन।’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर