श्री जयन्ती निर्माण सेवाको संचालक बुढामगर प्रहरी हिरासतमा
- चैत्र २५, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राजनीतिक शक्तिकेन्द्रसँग निकट रहँदै सेटिङमा ठूला–ठूला आयोजनाहरूको ठेक्का पाउन सफल व्यक्ति हुन् खग्रेन्द्र बुढामगर ।
२ करोडभन्दा बढीको चेक बाउन्स मुद्दामा ठेकेदार बुढामगर पक्राउ परेका छन् । महानगरीय परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।
एसएसपी काकीका अनुसार विभिन्न मिति र लाखौं रकम उल्लेख गरिएका चेकहरू बाउन्स भएपछि बैंकिङ कसुरको मुद्दामा पक्राउ गरिएको हो।
ठेकेदार बुढामगरले काटेका २ करोड रुपैयाँभन्दा बढी रकमका ४ वटा चेक बाउन्स भएपछि प्रहरीमा उजुरी परेको थियो। त्यसपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेपछि बुढामगरले विभिन्न शक्तिकेन्द्रमार्फत् दबाब दिँदै रिहा हुन खोजे पनि उनको प्रयास सफल हुन सकेको छैन। नछुट्ने भएपछि अस्पताल भर्ना हुन भन्दै उनले दबाब समेत दिएको परिसर स्रोतले जनाएको छ। रोल्पाको गाम निवासी बुढामगर राजनीतिक शक्तिकेन्द्रसँग निकट रहँदै सेटिङमा ठूला–ठूला आयोजनाहरूको ठेक्का पाउन सफलल व्यक्ति हुन्। उनको श्री जयन्ती निर्माण सेवा कम्पनी छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments