
नेविसंघका बागी उम्मेदवार बिष्टले पाटन क्याम्पसको स्ववियू सभापतिमा बिजयी हासिले गरे
- चैत्र २६, २०७९ मा प्रकाशित

कासिन न्यूज,
काठमाडौं ।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले युवराज लामा (थिङ)लाई स्ववियु सभापतिको टिकट दिएपछि शुसील विष्टले स्वतन्त्र उम्मेदवारी दिएर सभपतिमा विजयी भएका छन् ।
स्ववियु निर्वाचनमा भोटिङ मेसिन प्रयोग गरिएको थियो । जम्मा २ हजार ६७९ मत खसेकोमा सभापतिमा विजयी विष्टले ८४१ मत पाएका छन् । विष्टका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जीसीले ६७२ मत पाए ।
६३७ मतसहित अखिल क्रान्तिकारीका वीरेन्द्र मगर (मदन) तेस्रो हुँदा नेविसंघका आधिकारिक उम्मेदवार युवराज लामा (थिङ) ३४६ मतसहित चौथो स्थानमा रहे । सभापति पदमा ६ जना प्रतिस्पर्धामा थिए । सभापतिका अन्य उम्मेदवार सन्तोष महर्जनले ८६ र अनिष महर्जनले ३३ मत पाए ।
लामाको प्यानलबाट कोषाध्यक्ष पदमा प्रतिस्पर्धा गरेका रोहित कपालीले सभापति पदमा सुशील विष्ट र अखिल क्रान्तिकारीका दुई सदस्यबाहेक अन्य सबै पदमा अनेरास्ववियुका उम्मेदवार विजयी भएको जानकारी दिए ।
उनका अनुसार सचिव पदमा अनेरास्ववियुका अविनाश भण्डारी ९८३ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अशोक दुलालले ६५७ र नेविसंघका रुपक न्यौपानेले ६२० मत पाएका छन् ।
कोषाध्यक्ष पदमा पनि अनेरास्वयुविकै तिलक बहादुर कुमाल लोकप्रिय मतसहित विजयी भएका छन् । कुमालले १ हजार २४९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेविसंघका रोहित कपालीले ७१२ मत पाएका छन् ।
दुई जना सदस्य अखिल क्रान्तिकारीका विजयी भएका छन् ।
पाटन क्याम्पसमा चैत ५ गते हुन नसकेको स्ववियु निर्वाचन चैत २५ गते भएको थियो । चैत ५ गतेको चुनावको लागि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सुशील विष्टलाई सभापतिको उम्मेदवारको टिकट दिएपछि विष्टले उम्मेदवारी दर्ता गराएका थिए । तर उक्त दिनको चुनाव स्थगित भएर २५ गते सरेपछि अध्यक्ष शेर्पाले युवराज लामालाई टिकट दिएपछि असन्तुष्ट विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
अध्यक्ष शेर्पाले नेविसंघका दुई जनालाई स्ववियु सभापति उम्मेदवारको टिकट दिएपछि आधिकारिकताको विवादसमेत भएको थियो । सभापतिमा विजयी भएका विष्टलाई लामाले सामाजिक सन्जाल फेसबुकमार्फत् बधाई दिएका छन् ।

सम्बन्धित खवर
ट्रेन्डिङ
-
बैशाख २, २०८२सुनचाँदीको मूल्य घट्यो
-
बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
-
बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
लोकप्रिय
-
लोकप्रिय बैशाख २, २०८२सुनचाँदीको मूल्य घट्यो
-
लोकप्रिय बैशाख २, २०८२कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले देखाए चासो : सोमबार संयुक्त रुपमा पार्टी सभापति देउवासँग छलफल
-
लोकप्रिय बैशाख २, २०८२सुरक्षा रणनीतिमा परिवर्तन गरेर काम गरेकाले चोरीसिकार हुन पाएन
-
लोकप्रिय बैशाख २, २०८२टोलका देवीदेवतालाई विराजमान गराइएका खट बोकेर टोलटोल घुम्दै
Comments