सिंहदरबारको फोहोर नउठाउने
फोहोर व्यवस्थापनलाई लिएर स्थानिय सरकार र संघीय सरकार बिच चल्यो जुहारी

- चैत्र २७, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अहिले स्थानिय सरकारको र संघीय सरकारको प्रमुख निकाय बिच आपसी बेमेलले गर्दा स्थानिय सरकारका प्रमुख काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सिंहदरबार भित्रको फोहोर नउठाउने निष्कर्समा पुगेको बताएका छन् ।
मेयर बालेनले भने स्थानिय सरकारले संघीय सरकारलाई बारम्बार गरिएको प्रयासलाई हावामा उडाउने कार्य संघीय सरकारबाट भै रहेको छ ।
यसरी बारम्बारको ताकेता बिच पनि संघीय सरकारले महानगरपालिकाको आग्रहलाई वेवास्ता, गैरजिम्मेवार र लापरबाहीको रुपमा हेर्यो । त्यसैले महानगरपालिका सिंहदरबार भित्रको फोहोर नउठाउने निष्कर्समा पुगेको हो ।

मिडिया र सर्वसाधारणबाट यसबारे धेरै प्रश्नहरू उठेको भन्दै ती स्वाभाविक भएको उनले बताएका छन् । महानगरको कार्यालयबाट ५ सय मिटरको दुरीमा रहेको सिंहदरबार पुग्न धेरै कसरत गर्नुपर्ने भन्दै बालेनने सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न नचाहेको महसुस गरेको बताएका छन् । ’सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५ सय मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ,’ उनले भनेका द्छन्, ’संघीय सरकारकारूपमा रहेको सिंहदरबारले जनजिविकाका कुरामा स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्कै महसुस हुन्न ।
पटक पटकको कोशिसपछि ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरू कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ ।’
५ सय मिटरको दुरीमा रहेको स्थानीय सरकारले जनजीविकाका सवालमा उठाएका यस्ता मुद्दा त अगाडि बढ्दैनन्, सुनेको नसुनै हुन्छ भने दुरदराजका स्थानीय तहहरूमा भएको नीतिगत अफ्ठ्यारा, कार्यक्षेत्रको विवाद लगायतका कुराहरूको सम्बोधनको अवस्था कस्तो होला ? जुन सरकारले अर्को सरकार र जनप्रतिनिधीको कुरा सुन्दैन, बुझ्दैन र प्राथमिकतामा पार्दैन भने त्यसलाई एकअर्काको अस्तित्व स्वीकारेको भनेर कसरी मान्ने ? संघीय सरकार संघीयताको सुदृढीकरणमा छ भन्ने कसरी मान्ने ?
स्थानीय समस्याहरू स्थानीय तहमा नै समाधान हुन सकून् । संघीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् । देश विकेन्द्रीकरणको उच्चतम् लोकतान्त्रिक व्यवस्था मानिने संघीयतामा छ तर न्याय माग्न, पासपोर्ट बनाउन, सरकारी कामकाजका लागि, उपचार र शिक्षाका लागि पनि काठमाडौँ आइरहनु पर्ने अवस्था छ, त्यो नहोस् ।

यसैका लागि असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको हो । यो दबाब आवश्यक छ भन्नेमा सायदै दुइमत रहला ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर