हवाई सुरक्षाको गम्भीर उल्लंघन गरेर एमाले अध्यक्ष ओलीको स्वागत
- चैत्र २७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वागत गर्ने क्रममा सोमबार नेपालगन्ज विमानस्थलमा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको छ । हवाई सुरक्षाको गम्भीर उल्लंघन भएको पाइएको छ ।
नेपालगन्ज विमानस्थलका प्रमुख सुरेश खनालका अनुसार यो सोमबार बिहानको उडान थियो । जुन विमानले एमाले अध्यक्ष ओलीलाई लिएर नेपालगञ्ज आइपुगेको थियो । बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।
नेपालगन्ज सुरक्षाको जिम्मा नेपाल प्रहरीको हो । विमानस्थल भित्र सर्वसाधारण र यात्रुलाई समेत विना बोर्डिङ पास जहाजको नजिकै जान दिइँदैन ।
तर, सोमबार ओलीको स्वागतमा भने जहाजको ढोकामै कार्यकर्ताको ठूलो भिड लागेको देखिएको छ । ‘यो नहुनु पर्ने थियो,’ विमानस्थल प्रमुख खनाल भन्छन्, यसलाई व्यवस्थित गर्ने जिम्मा नेपाल प्रहरीको हो ।’
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments