अर्थ /कारोवार
बंगलाबन्धु सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न अनुमति दिएसँगै उधोगीहरु चलमलाउन थाले
- चैत्र २७, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौैं ।
निकै लामो समय सम्म रोकिएका उधोगहरु पुनः संचानलमा आउने तयारीमा लागेका छन् । जसको पछिल्लो उदाहरण हो बंगलादेशमा धागोको निर्यात । बंगलादेशी सरकारले बंगलाबन्ध सुख्खा बन्दरगाहबाट धागो निर्यात गर्न अनुमति दिएसँगै उद्योगीले धागो पठाउने तयारी गरेका हुन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बंगलादेशले नेपाललाई धागो निर्यात गर्नसक्ने बेहोरा पठाएको छ। उक्त विषयसँग सम्बन्धित निर्णय बंगलादेशी सरकारले राजपत्रमा समेत सूचना प्रकाशित गरिसकेको छ।
पहिलो चरणमा परीक्षणका रूपमा दस हजार किलो धागो पठाउन लागेको नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बताए। ’हामीले परीक्षणका रूपमा १० टन धागो पठाउने तयारी गरिरहेका छौं,’ रिलायन्स स्पिनिङ मिल्सका अध्यक्ष समेत रहेका गोल्यानले भने, ’एक महिनाभित्रमा पठाउँछौं।’ उनका अनुसार बंगाबन्ध बन्दरगाहबाट नियमित भए वार्षिक तीन÷चार अर्ब रूपैयाँ बराबरको धागो निर्यात गर्न सकिनेछ।
अहिले नेपाली धागो टर्की र भारतमा निर्यात हुन्छ। पछिल्लो समय ती देशमा धागोको माग कम भएकाले बंगलादेशमा पठाउन पाए उद्योगीलाई राहत मिल्ने उनको भनाइ छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments