बार्सिलोना घरेलु मैदानमा जिरोनासँग गोलरहित बराबरीमा रोकियो

- चैत्र २८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।
स्पोटिफाई क्याम्प नोउमा सोमबार राति भएको खेलमा घरेलु टोली बार्सिलोनाले बल पोसेसन राख्दै दवाव बढाएपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
नवौं मिनेटमा गाभीको प्रहारलाई जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले बचाए । ३६औं मिनेटमा राफिन्हाको प्रहारमा पनि गोलरक्षक नै बाधक बने । लगत्तै ३७औं मिनेटमा रोनल्ड एराउजोको प्रयासमा गोलरक्षक नै बाधक बने ।
५६औं मिनेटमा जिरोनाले अग्रता लिन सुवर्ण अवसर खेर फाल्यो । कास्टेलानोसको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । त्यसपछि इन्ज्युरी समयमा बार्सिलोनाले दुई अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बार्सिलोना बराबरीमा रोकिन पुग्यो ।

स्पेनिस ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो । बार्सिलोनाले यो सिजन ला लिगामा २८ खेल खेल्दा २३ जित, ३ बराबरी र २ हारको नतिजा निकालेको छ ।

यस बराबरीसँगै बार्सिलोनाले शीर्षस्थानमा स्पष्ट १५ अंकको अग्रता लिने अवसर गुमाएको छ । अब बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई १३ अंकले पछि पारेको छ ।

बार्सिलोनाको २८ खेलबाट ७२ अंक पुगेको छ । दोस्रो स्थानको रियलको ५९ अंक छ । जिरोना ३५ अंक जोडेर ११औं स्थानमा छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर