’रात्रि बजार’का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने वीरगञ्ज–रक्सौलको मुख्य नाका २४ घण्टा खुल्ने
- चैत्र २८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
पर्सा ।
नयाँ वर्षको उपलक्ष्यमा वीरगञ्ज महानगरपालिकाले पहिलो पटक सञ्चालन गर्न लागेको ’रात्रि बजार’का सञ्चालनका लागि भारतबाट नेपाल प्रवेश गर्ने वीरगञ्ज–रक्सौलको मुख्य नाका तीन दिनसम्म चौविसै घन्टा खुल्ला गरिन लागिएको हो ।
राति १० बजेपछि बिहान ५ बजेसम्म बन्द गरिदै आएकोमा चैत ३० देखि भने वैशाख २ गतेसम्म वीरगञ्ज नाका २४ सै घण्टा खुल्ला गराउन लागिएको हो ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका अनुसार भारतीय पर्यटकहरूलाई लक्षित गरी महानगरपालिकाले नयाँ वर्षमा अवसरमा आयोजना गर्न लागिएको रात्रीकालिन बजारका लागि वीरगञ्ज नाका चौबिसै घण्टा खुला रहने छ ।
सो बारेमा जानकारी दिदै नगर प्रमुख सिंहले रात्रि बजार लाग्ने तीन दिनका लागि नाका खुला राख्न नेपाल र भारतका सीमावर्ती सुरक्षा निकायसँग महानगरले सहमति गरे अनुसार सो निर्णय भएको हो ।
उनका अनुसार बिरगञ्जलाई दिर्घकालिन रुपमा रात्री बजार सञ्चालन गर्न सकिन्छ कि सकिन्न ? भन्ने वारेमा रात्रीकालिन बजारले मार्गचित्र दिनेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments