गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व नेपाल सरकारले लिने – निर्णय हुन बाँकी
- चैत्र २८, २०७९ मा प्रकाशित
कासिन न्यूज,
चितवन ।
गत २० चैतमा बसेको मन्त्रिपरिषद बैठकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिने र १२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय भएको खबर सार्वजनिक भएको थियो । तर अहिले सम्म निर्णय भने भएको छैन् ।
२० गतेको बैठकमा क्रिकेट रंगशाला सरकारले जिम्मेवारी लिएर बनाउनुपर्छ भन्ने बारेमा छलफल मात्रै भएको र कुनै निर्णय मन्त्रीपरिषद्बाट नभएको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन ।
उनका अनुसार खेलकुद मन्त्रालयबाट रंगशाला जिम्मा लिएर सरकारले बनाउने प्रस्तावसहितको मोडालिटी आएपछि मात्रै यो बारेमा मन्त्रीपरिषद्ले आवश्यक निर्णय लिन्छ ।
युवा तथा खेलकुद मन्त्रालयाको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैंले सम्हालेका छन् । ‘निर्माण थालिएको रंगशाला यतिकै अलपत्र हुन दिन हुन्न, सरकारले इनिसियसन लिएर भने पनि बनाउनुपर्छ भन्ने बारेमा चैत २० गतेको बैठकमा छलफल भएको हो’ मन्त्री शर्माले भनिन् ‘कुन मोडालिटीमा बनाउने भन्ने प्रस्ताव विभागीय मन्त्रालयबाट आएपछि निर्णय होला ।’
युवा तथा खेलकुद मन्त्रालयका अधिकारीहरूले पनि रंगशालाको विषयमा मन्त्रालयबाट प्रस्ताव नै मन्त्रीपरिषद् नगएको बताउँदै आएका छन् ।
गत चैत १६ गते भरतपुर विमानस्थलको नयाँ टर्मिलन भवनको शिलान्यास भरतपुर पुगेका बेला प्रधानमन्त्री दाहालले रंगशाला एक वा दुई साताभित्र सबै समस्या समाधान हुने र क्रिकेट रंगशालाको निर्माण कार्य अगाडि बढ्ने बताएका थिए । प्रधानमन्त्रीले बढिमा दुई सातामा टुंगो लाग्ने बताएका थिए ।
सरकारले १२ करोड रकम उपलब्ध गराउने र स्वामित्व लिने निर्णय भएको भन्ने खबरले खुसी बनेका कलाकार सिताराम कट्टेल धुर्मस अहिले पनि मन्त्री परिषद्को निर्णय कुरेर रंगशालामा नै बसिरहेका छन् ।
कुन दिन रंगशाला सरकारलाई बुझाउन पाइएला भनेर ३ हप्तादेखि धुर्मुस चितवनमै बसेर दिन गनिरहेका छन् ।
धुर्मुस सुन्तली फाउण्डेशनका अनुसार रंगशालाको काम ३९ प्रतिशत सकिएको छ । काम रोक्दाको दिन मैदानको काम ९५ प्रतिशत सकिएको फाउण्डेशनले जनाएको थियो । कुल ३० हजार दर्शक क्षमताकोे रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बन्ने प्याराफिटको पहिलो चरणको काम सकिएको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ । कुनै माथिसम्म पुगेका छन् भने कुनैमा सामग्री भर्न बाँकी नै छ । भीआईपी टावरको काम सुरु भएपछि फाउण्डेशनले काम रोकेको थियो ।
महानगरले गराएको अडिटमा धुर्मस सुन्तली फाउण्डेशनले रंशगाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७ सय ३८ खर्च भएको देखिएको छ ।
आर्थिक प्रतिवेदनमा रंगशाला निर्माणमा तिर्नपर्ने उधारो र ऋण १८ करोड ४३ लाख देखाइएको छ । रंगशाला निर्माणमा ३९ करोड ८० लाख ३८ हजार खर्च भएको र १८ करोड ४३ लाख तिर्न बाँकी रकम छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments