देउवाको दावी – कांग्रेसले फेरी पनि सरकारको नेतृत्व गर्ने

- चैत्र २८, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मंगलबार काठमाडौँमा आयोजित पार्टी निकट नेपाल शिक्षक संघको नवौं संघीय महाधिवेशनमा बोल्दै नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले संयुक्त सरकार भएकाले पार्टीले सोचे अनुसार काम गर्न सक्ने अवस्था नभएको पनि स्पष्ट पारे ।
सभापति देउवाले आफ्नो पार्टीले सोचे अनुसार काम गर्नका लागि बहुमत चाहिने भएकाले त्यसका लागि तयारी गर्न पनि पार्टीका नेता÷कार्यकर्तालाई निर्देशन दिए ।
सभापति देउवाले संविधान अनुसार सरकार बनाउनका लागि पनि आफ्नो पार्टीले गठबन्धन बनाएर अघि बढ्नु परेको पनि दोहो¥याए ।
त्यस अवसरमा सभापति देउवाले शिक्षकहरूको उचित सम्मानका लागि आफ्नो पार्टीले आगामी दिनमा काम गर्ने आश्वासन दिए । विगतमा शिक्षकहरूले पार्टीका लागि सहयोग गरे पनि उनीहरूको हितमा धेरै काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर