कांग्रेस सँगको वार्ताको औचीत्य समाप्त भयो – नेता जोशी

- चैत्र २९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका नेताहरुले वार्तामा बोलाएर झुक्याउने प्रयत्न गरेको भन्दै नेता गोविन्दराज जोशीले कारबाही फिर्ताको झुटो हो भनेका छन् । जोशीले भने , मेरो नामको ट्याग लगाएर झुटो प्रचार गरिएकोले वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।
अहिले नेता जोशीले स्वतन्त्र अभियान चलाउँदै आएका छन् ।
वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर सो छलफल निष्कर्षविहीन भएको थियो ।
तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । कांग्रेस छाडेर स्वणिर्म वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन् । कांग्रेस नेताहरुले भने जोशीलाई फकाउने प्रयास गर्दै आएका छन् ।
तर जोशीले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।’ कांग्रेसबाट विभिन्न कारणले अलग्गिएकाहरुलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राख्दै आएको छ ।

जोशीले वैशाख १० गते हुने उपनिर्वाचनमा आफ्नो उम्मेदवार नभएको भन्दै २१ औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने उम्मेदवार छनोट गरी मतदान गर्न आग्रहसमेत गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर