चितुवाको बच्चा मृत अवस्थामा भेटियो
- चैत्र २९, २०७९ मा प्रकाशित
कासिन न्यूज,
पर्वत ।
कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने पहरे पुल नजिकै कालोपत्रे सडकमा बुधबार बिहानै चितुवाको बच्चा मृत अवस्थामा भेटिएको छ ।
दोबिल्ला–फलेवास सडक खण्ड अन्तर्गत सवारी चालक र स्थानीयले चितुवाको बच्चा देखेपछि तत्काल नै जिल्ला प्रहरी कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतमा खबर गरेका थिए।
उद्धारको लागि पुगेको प्रहरी र वन कार्यालयका कर्मचारीले चितुवाको बच्चा मृत रहेको पुष्टि गरेर डिभिजन वन कार्यालयमा ल्याएका छन्। कार्यालय प्रमुख विष्णु अधिकारीले घाइते वा बिरामी अवस्थामा फेला परेको भएमा ज्यूँदै उद्धार गरेर उपचारको लागि पठाइने भए पनि यो चितुवाको बच्चा मृत रहेको पुष्टि भएकाले मुचुल्का गरेर गाडिने बताए।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments