नेटवर्किङ व्यवसाय मार्फत सर्वसाधारणहरुलाई ठग्ने जुनुकला प्रहरीकोे फन्दामा

- चैत्र २९, २०७९ मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

१६ देखि २५ वर्षका युवायुवतीलाई २५ देखि ४६ प्रतिशतसम्म नाफा हुने, वैदेशिक भ्रमण गर्न पाइने भनी ११ हजार ३ सय देखि ५ लाख रुपैयाँसम्म तिरी सदस्यता लिन लगाउने र कम्तीमा ४ जना सदस्य बनाएमा लगानी रकम फिर्ता हुने आश्वासन दिंदै नेटवर्किङ व्यवसायमार्फत ठगी गरेको आरोपमा धरानकी जुनुकला राईलाई पक्राउ गरेको छ ।
३५ वर्षीय राईले चावहिल गंगाहिटीमा भिजन ड्रिमरी प्रालि नामक कम्पनी सञ्चालन गरेर युवा युवतीलाई आकर्षक आम्दानीको लोभ देखाएर ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

त्यस्तै कम्पनीले उत्पादन गरेको गुणस्तर परीक्षण नगरेको तयारी पोशाक, जुत्ता, हस्तकता सामान महंगो मूल्यमा बिक्री गर्न पनि लगाएको पाइएको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

जुनुकलाविरुद्ध १४ जनाले लिखित र ३६ जनाले मौखिक उजुरी दिएको प्रहरीले जनाएको छ । लिखित उजुरी दिनेले १७ लाख ३ हजार ४सय र मौखिक उजुरी गर्नेले ३८ लाख १९ हजार ४सय रुपैयाँ ठगी गरेको दाबी गरेका प्रहरीले जनाएको छ ।
जुनुकलामाथि ठगी आरोपमा अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतबाट अनुमति लिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर