महासंघको एसोसियट उपाध्यक्षमा श्रेष्ठ विजयी
- चैत्र ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छिन्। श्रेष्ठ ८ सय ४६ मत प्राप्त गरी निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी भरत आचार्यले ७ सय ८१ मत पाए।
यस्तै जिल्ला÷नगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भएका छन्। श्रेष्ठ र वैद्य रामचन्द्र संघाई तथा ढकाल उमेशलाल श्रेष्ठ समूहबाट उम्मेदवार बनेका थिए।
जिल्ला नगर उपाध्यक्षमा वैद्यले ४३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी अरुणराज सुमार्गीले ३७ र अर्का प्रतिस्पर्धी दिनेश श्रेष्ठले ३४ मत प्राप्त गरे।
वस्तुगत उपाध्यक्षमा विजयी ढकालले ६१ मत पाउँदा निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ र शकुन्तलाल हिराचनले ७ मत प्राप्त गरे।
वरिष्ठ उपाध्यक्ष पदको मतगणना सुरु भएको छैन। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन्। महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।
यही व्यवस्था बमोजिम महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले बिहीबार नै अध्यक्षको जिम्मेवारी सम्हाल्दै छन्।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments