रास्वपा कार्वाही
दुई करोडले खायो ढाकाकुमारको पद र प्रतिष्ठा
- चैत्र ३०, २०७९ मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कारबाही गर्ने प्रशस्त आधार पाएपछि ढाकाकुमार श्रेष्ठलाई कारबाही गर्ने निर्णयमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।
बुधबार बसुन्धरामा बसेको केन्द्रीय समितिको बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले श्रेष्ठलाई कार्वाही गरेको बताए । मेडिकल व्यवसायी दुर्गा प्रसाईं र श्रेष्ठबीचको संवाद बाहिरिएको थियो। जसमा मन्त्री बन्न श्रेष्ठले प्रसाईंसँग दुई करोड माग गरेको थियो।
त्यसमा प्रशस्त प्रमाण पाएसँगै उनलाई कारबाही गर्ने निर्णय भएको उनले बताए। यस्तै अनुशासन समितिसँग श्रेष्ठले आफूलाई कारबाही गरे पार्टीलाई नै सिध्याइदिने धम्की दिएको पनि उनले बताए।
‘उहाँले आफ्नो बोली परिवर्तन गरिरहनुभएको छ। जनवरीको अडिओ हो भन्नेले पनि प्रमाणित भयो। पटकपटक बोल्न दिइयो,’ उनले भने, ‘उहाँले खारेज नगरिदियोस् भन्ने पनि चाहानुभयो र ग¥यो भने म पनि देखाइदिन्छु भन्नुभयो।’
आफूले स्वीकार नगरेकाले ‘कोर टिम’ को हो भन्ने पनि आफूहरूलाई थाहा नभएको पनि उनले बताए।
‘कोर टिमबारे तथ्यसहित आयो भने किन कारबाही नगर्ने। अहिले उहाँ एक लेभलमा बार्गेनिङ गर्नेमा आउनुभएको छ,’ उनले भने, ‘के थाहा हुनुपर्छ भने अख्तियारलाई सहयोग गर्छौं।’
यस्तै उनलाई कारबाही गर्ने निर्णयबारेमा चित्त नबुझेमा पार्टीमै पनि पुनरावेदन गर्न सक्ने सुविधा भएको उनले बताए।
ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज गरी उनको सट्टामा विन्दबासिनी कंशाकारलाई पठाउने निर्णय पनि रास्वपाले गरेको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments